/सरकार पछि हटेपछी यातायातमा जोरबिजोर प्रणाली पनि पछि हट्यो !

सरकार पछि हटेपछी यातायातमा जोरबिजोर प्रणाली पनि पछि हट्यो !

Share on Social Media
काठमाडौं –  सामाजिक सञ्चालमा व्यापक आलोचनापछि सरकार पछि हटेको छ। यसक्रममा सरकारले यातायातमा लागू गरेको जोरबिजोर प्रणाली हटाएको छ ।

काठमाडौंमा आजदेखि शुरू हुने एसिया प्रशान्त शिखर सम्मेलनका कारण लागू गरिएको जोरबिजोर प्रणाली आज बिहान साढे ११ बजेदेखि लागू हुनेगरी जोरबिजोर प्रणाली हटाएको हो ।

‘काठमाडौं उपत्यकामा मंसिर १३ गतेदेखि १६ गतेसम्म लागू भएको जोरबिजोर प्रणाली गृहमन्त्रालयको निर्देशनमा मंसिर १४ गते ११:३० बजेदेखि हटाइएको व्योहोरा अनुरोध गरिएको छ,’ महानगरीय ट्राफिक प्रहरी महाशाखाले जारी गरेको सूचनामा भनिएको छ ।

नागरिकहरूलाई सास्ती हुने गरी लागू गरिएको जोरबिजोर प्रणालीको सामाजिक सञ्चालमा व्यापक आलोचना भएको थियो ।

Share on Social Media