/एनएमबी बैंकलाई पुनः ‘बैंक अफ दि इयर’को उपाधि

एनएमबी बैंकलाई पुनः ‘बैंक अफ दि इयर’को उपाधि

Share on Social Media

बेलायतस्थित द फाइनान्सियल टाइम्सले वर्ष २०१८ का लागि एनएमबी बैंकलाई लगातार दोश्रो पटक बैंक अफ दि इयर’को उपाधिबाट सम्मान गरेको हो । 

एनएमबी बैंक यो उपाधिबाट सम्मानित भएको यो लगातार दोश्रो पटक हो । यसअघि सन् २०१७ का लागि समेत बैंकले ‘बैंक अफ दि इयर’को उपाधि पाएको थियो । 

 उपाधि पाएपछि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले आफ्ना कर्मचारीलाई एक सन्देश पठाएका छन् । त्यहाँ उनले दोश्रो पटक पनि यो उपाधि पाउनुको कारणबारे भनेका छन्–‘संस्थागत सुशासनलाई प्राथमिकतामा राख्ने हाम्रो प्रतिबद्धता अनुरुप दिगो एवम् मूल्य मान्यतामा आधारित बैंकिंग सेवा प्रदान गर्न सफल भएका कारण हामी लगातार दोश्रो वर्ष पनि नेपालकै उत्कृष्ट बैंक भई ‘बैंक अफ दि इयर’बाट सम्मानित भएका हौ ।’ 

उनले यो अवसरमा आगामी दिनमा मूल्य मान्यतामा आधारित दिगो बैंकिङ सेवा प्रदान गर्ने कार्ययोजनाअनुसार अगाडि बढ्ने र भविष्यमा अझ धेरै सम्मानहरु हासिल गरी सारा सरोकारवालाहरुलाई समेत उच्च प्रतिफल दिने घोषणा समेत गरेका छन् । 

Share on Social Media