/चर्चकी प्रमुखले प्रधानमन्त्री दम्पत्तीसहित भीआईपी १५०० जोडीलाई आशिर्वाद दिँदै !

चर्चकी प्रमुखले प्रधानमन्त्री दम्पत्तीसहित भीआईपी १५०० जोडीलाई आशिर्वाद दिँदै !

Share on Social Media
काठमाडौँ – एसिया प्यासिफिक समिटमा युनिफिकेसन चर्चकी प्रमुख हक जा हनले प्रधानमन्त्री केपी ओली र उनकी पत्नी राधिका शाक्यसहित १५ सय उच्च पदस्थ नेपाली दम्पतीलाई आशीर्वाद दिने तयारी छ ।

कान्तिपुर दैनिकका अनुसार समिटको दोस्रो दिन आइतबार ‘प्रधानमन्त्री, मन्त्री, मेयर, नेता र शिक्षकका दम्पतीलगायतलाई चर्चकी गुरुआमाले आशीर्वाद दिने’ उल्लेख छ । त्यसपछि उनीहरू ‘मुन परिवारको अंग बन्ने सम्भावना रहने’ आयोजकको दाबी छ ।

Share on Social Media