/तराईका जिल्लामा किर्ते प्रमाण खडागरी पैसामा नागरिकता किनबेच हुनेगरेको खुलासा,दुई भारतीय पक्राउ

तराईका जिल्लामा किर्ते प्रमाण खडागरी पैसामा नागरिकता किनबेच हुनेगरेको खुलासा,दुई भारतीय पक्राउ

Share on Social Media
वीरगन्ज , किर्ते प्रमाण खडागरी गैरनागरिकले तराईका जिल्लाबाट सहजै नेपाली नागरिकता हासिल गरिरहेको खुलासा भएको छ । वीरगन्ज महानगरपालिकाको विभिन्न वडाको ठेगाना देखाई नागरिकता हासिल गरेका दुई जना गैरनागरिकलाई पर्सा प्रहरीले नियन्त्रणमा लिई आज सार्वजनिक गरेपछि पैसा कै भरमा विदेशीले नेपाली नागरिकता प्राप्त गरीरहेको खुलाशा भएको हो ।

दोहरो नागरिकता प्रयोगगरेको अभियोगमा ३७ वर्षीय अरविन्द कुमार सर्राफ र नक्कली नागरिकता प्रयोग गरेको अभियोगमा २३ वषीय दिनेश कुमार साहलाई पक्राउ गरिएको पर्साका प्रहरी उपरिक्षक रेवती ढकालले जानकारी दिनुभयो । उहाँले झुठा प्रमाणका आधारमा वीरगन्ज महानगरपालिकाको वडा नं। ९बाट नागरिकता बनाई नेपाली राहदानी समेत हासिल गरिसेकका अरविन्दलाई बारा प्रहरीले दोहरो नगरिकको अभियोमा पक्राउ गरी अनुसन्धानका लागि पर्सा पठाएको र राहदानी बनाउने क्रममा दिनेशलाई जिल्ला प्रशासन कार्यालय पर्साबाट पक्राउ गरिएको बताउनुभयो ।

अरविन्दको साथबाट भारतीय मतदाता परिचय–पत्र फेला परेको र दिनेशले बनाएको नागरिकता जिल्ला प्रशासन कार्यालयमा दर्ता नहुको साथै कार्ड नै फरक भएको उपरिक्षक ढकालले जानकारी दिनुभयो । उहाँले नेपाल सरकारले वितरण गर्ने नागरिकताको कार्ड नै छपाई सिमाक्षेत्रमा नक्कली नागरिकता बनाउने संगठित अपराध भईरहेको तर्फ अनुसन्धान अगाडी बढाएको बताउनुभयो ।

पक्राउ परेका अरविन्द माथि दोहरो नागरिकता मुद्दा र दिनेश माथि सरकारी कागजात किर्ते मुद्दा चलाउने प्रहरीले तयारी गरेको छ । दोहरो नागरिकता मुद्दामा दोषी ठहर हुँनेलाई एक वर्ष कैद , एक लाख रुपैयाँ जरिबाना र सरकारी कागजात किर्ने गर्नेलाई सात वर्ष कैद तथा ७० हजार रुपैयाँ जरिवान हँुने कानुनी प्रवधान रहेको छ ।

Share on Social Media