/एसिया प्यासिफिक समिटमा भाग लिन कम्बोडियाका प्रधानमन्त्री र आङ साङ सूकी काठमाडौमा

एसिया प्यासिफिक समिटमा भाग लिन कम्बोडियाका प्रधानमन्त्री र आङ साङ सूकी काठमाडौमा

Share on Social Media
काठमाडाैं । नेपालमा हुन लागेको एसिया प्यासिफिक समिटमा भाग लिन क्याम्बोडियाका प्रधानमन्त्री हुन सेन आज काठमाडाैं आइपुगेका छन् । भोलि देखि कार्यक्रम सुरु हुदैछ।

उनलाई त्रिभुवन विमानस्थलमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले स्वागत गरेका थिए । विमानस्थलबाट सेन सोल्टी होटल प्रस्थान गरे । सेनको सवारीका क्रममा सडक पूरै खाली गराइएको थियो । अन्य अतिथीहरु पनि आज काठमाण्डु आउने कार्यक्रम रहेको छ ।

विभिन्न देशका उच्चस्तरीय प्रतिनिधिमण्डल काठमाडाैं आउन लागेकोले राजधानीको सुरक्षा व्यवस्था कडा पारिएको छ । विहीबार बिहानैदेखि उच्चस्तरीय प्रतिनिधिमण्डलको यात्रामार्गमा पर्ने सडकका आसपासमा प्रहरीहरु खटाइएका छन् ।

आजदेखि नै सार्वजनिक सवारी साधनमा जोरबिजोर प्रणाली लागु गरिएकोले सडकमा सवारी साधनको संख्या केही पातलो रहेको छ ।

त्यस्तै म्यानमारकी विदेशमन्त्री आङ साङ सूकी काठमाडौं अोर्लिएकि छिन् । बिहिबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सरकारका उपप्रधान एवं रक्षामन्त्री र्इश्वर पोखरेलले उनलार्इ स्वागत गरेका छन् ।

Share on Social Media