/कांग्रेसी नेताहरु एकमत ,गुट र उपगुटले पार्टी र प्रजातन्त्रलाई बलियो बनाउन्छ ।

कांग्रेसी नेताहरु एकमत ,गुट र उपगुटले पार्टी र प्रजातन्त्रलाई बलियो बनाउन्छ ।

Share on Social Media

प्रमुख प्रतिपक्ष दल कांग्रेस आफ्नै आन्तरिक कारणहरुले चर्चामा आउने गरेको उदाहरण धेरै छन । यसपाली कांग्रेस आफ्नै भित्रका गुट र उपगुट कारणले चर्चामा आएको छ । यस्तो खाले चर्चामा आउनु कम्युनिस्ट पार्टीको लागि घातक हुन्छ तर कांग्रेसका लागि र प्रजातन्त्रका लागि यो सुखद भएको कांग्रेसका नेताहरुले बताउने गरेका छन् । कांग्रेस महासमितिको वैठक, महाधिवेशनको तयारी र गुटका भेला तथा ध्ुवीकरण एकै समयमा हुने गरेका छन् ।

यही मंसीर महिनाभित्र हुन गइरहेको कांग्रेस महासमितिको वैठकमा पार्टीको विधान संशोधन आआफ्नो पक्षमा पार्ने दिनहुुँ भेला भइरहेकै छन । यी चलखेलहरुले पार्टी बलियो हुने पार्टी सभापति शेरबहादुर देउपाले बताएका छन् । केही पनि गतिविधि नआएको नेपाली कांग्रेस पार्टीमा गुटगत भए पनि क्रियाशीलता आउनु उनका लागि खुशीको कुरा भएको छ । एकातिर, शेरबहादुर देउवा आफ्ना मान्छेहरुको मिटिङ बसारिहेका छन् भने अर्कोतिर कोइराला पक्षधर आफ्नै बसाइमा लगेका छन् । अझ अर्कातिर रामचन्द्र पौडेल आफ्नै गुटगत भेला र छलफल निरन्तर चलाइरहेका छन् ।

कोइराला खेमामा हिन्दु धर्मको चर्चा भइरहेको छ । धर्म निरपेक्षताको बारेमा जनमतसंग्रहका कुराहरु चलिरहेका छन् र यसलाई राष्ट्रिय एजेण्डाका रुपमा ल्याउने कांग्रेसी तयारी रहेको देखिन्छ । यो एजेण्डालाई कांग्रेसी महाधिवेशनमा मूर्तता प्रदान गरिने देखिएको छ । कांग्रेस महामन्त्री सशांक कोइराला यो एजेण्डालाई कांग्रेस र वैधानिक राजतन्त्रको वीपीको मार्गदर्शनका रुपमा अघि बढाउने पक्षमा छन् ।

अनि मात्र शेरबहादुर देउवादेखि रामचन्द्र पौडेल र सशांक कोइरालासम्ममा यी गुटगत भेलापछि ‘कम्प्रोमाइज’ गरिने साझा धारणाहरु सतहमा आउन थालेका छन् ।

Share on Social Media