बैद्य क्रान्तिकारी माओवादीको केन्द्रीय समिति बैठक बुटवलमा सुरु

बुटवलः नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) को केन्द्रीय समिति बैठक छन्त्याल भवनमा बुधबारबाट  सुरु भएको छ।बैठकले राष्ट्रियता, जनतन्त्र, जनजीविका लगायतका विषयलाई लिएर संघर्षका योजना तर्जुमा गर्ने बताइएको छ। बैठकको पहिलो दिन महासचिव बैद्यले एजेन्डा प्रस्तुत गरेका छन् ।

पहिलो दिन ऐजेन्डा मात्रै प्रस्तुत गरिएकाले विहिबारदेखि छलफल हुने र छलफलमा पार्टीले वर्गसंघर्ष र प्रतिरोध संघर्षका योजना निर्माण गर्ने  पार्टीका एक केन्द्रीय सदस्य ले अग्निवाला डट कम लाई जनाइएका छन ।

यसअघि पार्टी पोलिटव्यूरो बैठक बुटवलमा र सल्लाहकार समितिको बैठक नवपरासीको बर्दघाटमा सम्पन्न भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×