Share on Social Media

नेपालगंजको कार्यक्रम सकिसकेको थियो । बुटवल हुँदै पोखराको कार्यक्रम एटेन्ड गर्नु पर्ने भयो । रबिन्द्र अस्ति नै पोखरा पुगिसकेको थियो । उसलाई धेरै कर गरेर रोक्दा पनि मानेन । उ बिना न्यास्रो लागिरहेको थियो । नेपालगंजमा । कति खेर त सोचे ठिक्कै ग¥यो गएर । नत्र बेकामको कुरा गरेर दिमाक चाटिरहन्थ्यो । अरु कुरा के हुनु उसकै गर्लफ्रेण्डको कुरा । इरिटेड पार्ने । कता–कता पछुतो पनि लाग्यो । जे कुरा गरे पनि आखिर समय बिताउन सजिलो त भएको थियो नि । गर्लफे्रण्डसंग भेट्नु छ भनेर साथीलाई नै छाडेर गयो । मतलबी । दुइ÷तिन दिनको कुरा त थियो नि । त्यसपछि त सङगै गैहाल्थौं नि । पोखरातिर ।

एक्लै नेपालगंजमा बसे । नेपालगंज पुरै अपरिचित थियो मेरा लागि । यो मेरो पहिलो यात्रा थियो । नेपालगंजको । मोहन मेरो कलेज पढ्दाको साथी थियो । उसको घर पनि नेपालगंज नै हो भन्थ्यो । उसको मुखबाट धेरै पटक नेपालगंजको बागेश्वरी मन्दिरको बारेमा सुनेको थिए । मन–मनै उसलाई सम्झे । अनि बागेश्वरी मन्दिर घुम्न मन लाग्यो । मोहनको मायाले पनि । उ अहिले अष्ट्रेलिया छ । उससंग कहिलेकाहि फेसबुकमा मात्र कुराकानी हुन्छ । प्रत्यक्ष भेट नभएको बर्षौ भैसक्यो ।

योजना बनाए भोलिपल्ट मन्दिर दर्शन गर्न जान्छु भनेर । पर्सि नेपालगंजलाई बिदाई गर्नु पर्ने थियो । भोलिपल्ट विहान पाँच बजे उठे । स्नान गरे । लुगा पहिरन गरेर बि.पि. चौकबाट रिक्सा चढेर बागेश्वरी मन्दिरतिर लागे । पुसको महिना भएकाले नेपालगंजमा अत्यन्तै चिसो थियो । कुहिरो लागिरहेको थियो । सितेलहर पनि ।

चिसोले शरीरलाई दिनु चोट दिइरहेको थियो । शरीरमा जति कपडा भएपनि अभाव महशुस भैरहेको थियो । नेपालगंज पुरै कुहिरोमा हराइसकेको थियो । नजिक–नजिकका मान्छेहरुलाइ पनि सजिलै छुट्याउन सक्ने अवास्था थिएन । करिब बिस मिनेट पछि । हामी बागेश्वरी मन्दिरमा पुग्यौं । म रिक्सा बाट झरें । रिक्सावालालाइ पैसा दिए । उ फर्केर गयो । अनि म लागे बागेश्वरी मन्दिर तिर ।

विहान–विहानै घण्टी र भजनको स्वरले मष्तिस्कलाइ स्वच्छ पार्दैथ्यो । मन प्रफुल्लित हुँदै थियो । बिछट्टै आनन्द लाग्दैथ्यो । पुजाको सामाग्री किनेर मन्दिर भित्र पसें । मन्दिर भित्र थुप्रै मान्छेहरुको भिडभाड थियो । त्यहि भिडमा म पनि गएर मिसिए । करिब बिस मिनेट पछि मेरो पालो आयो । त्यसपछि मन्दिरमा पुजा गरेर बाहिर निस्किए । पाकेटमा केहि खुद्रा पैसाहरु थिए । मन्दिर बाहिर बसेका भिकारीहरुलाइ दान गर्न थाले ।

एकछिन भिकारीहरुको जीवन बारे मनन गरे । मन नै न्यास्रो भयो । भगवानको लिला सम्भmेर । मान्छे पिच्छे मान्छेको फरक–फरक परिचय बनाइदिएकोमा । आखिर मान्छे त एकै हुन , किन उनीहरुको परिचय फरक–फरक छ ? किन मुल्य फरक–फरक छ ? के यिनी मान्छेहरु भिग माग्नका लागि मात्र जन्मेका हुन त ? मानविय संरचना सम्वन्धि विभिन्न कुराहरु मष्तिस्कमा घुम्न थाले । त्यसपछि मन्दिरबाट बाहिर निस्किए ।

मलाई चियाको तलतल हुँदै थियो । अत्याधिक चिसोको कारणले चियाको कमिको महशुस हुँदै थियो । मेरा हात चियाको कप समात्न लालायित हुँदै थिए । पसलतिर लागे । त्रिभुवन चौक । चियाको अर्डरसंगै कुर्सिमा बसे । केहिबेरमा चिया मेरो हातमा प¥यो । चियालाई सुरुप्प–सुरुप्प पार्न थाले । चिसोयाममा चिया पिउनुको मजा बेग्लै । बिछट्टै आनन्द । अफिसको काम र भोलि जाने योजना मष्तिस्कमा बुनिरहेको थिए । चियाको घुट्की संगै ।

एकछिन पछि एउटा महिला पसलमा आइन । उनको काखमा बच्चा पनि थियो । करिब दुइ बर्षको । तिनी महिला मेरो नजिकको कुर्सिमा आएर बसिन् । महिलाको उमेर करिब २३÷२४ बर्ष हुँदो हो । उनको अनुहारमा नैराश्यता फैलिएको थियो । सजिलै छुट्याउँन सकिन्थ्यो । बच्चा काखमा रुदै थियो । उसको नाकबाट सिगांन पनि बग्दै थियो । बच्चा रुदा पनि मन नलगाएर शान्त पार्दै थिइन । आंशिक रुपमा मात्र उनको ध्यान बच्चामा थियो । तर आंशिक रुपमा उनि त्यहाँ थिइनन् ।

म तिनी महिलालाइ नियालेर हेरिरहेको थिए । हेर्दै निर्दोष, माया लाग्दि खालकी । उनि केहिबेर सम्म चुपचाप बसिरहिन् । पसलमा बिना अर्डर । म भने चिया पिउँदै तिनी महिलालाई हेरिरहे । मैले चिया सक्काउँदै थिए । एकछिन पछि तिनी महिलाले एक गिलास दुधको अर्डर गरिन् । बच्चाको लागि । तर आङ्खनो लागि केहि पनि अर्डर गरिनन् । दुधको अर्डर गरेको सुन्दा उनको भ्वाइस मधेसी मुलको व्यक्ति झै थियो । आर्थत उनि मधेसी नै थिइन् ।

मैले चिया सक्काएर पनि त्यहाँ बसिरहे उनीलाइ हेर्दै । खै किन हो ? मनमा अजिव लागिरहेको थियो । कारण थाहा छैन । केहिबेर सम्म ध्यानमग्न भएर उनको बारेमा सोचिरहे ।

उनि केहि पनि बोलिरहेकी थिइनन् । चुपचाप । उनि कतिखेर झस्किन्थिन् । बच्चा रुदा । टुलुटुलु यता–उता हेर्थिन् । यस्तो लाग्दै थियो सायद उनको नजरले केहि खोज्दै छ । त्यो कुरामा म अनभिज्ञ थिए । उनको भौतिक शरीर त्यहाँ भएपनि मन भने पटक्कै थिएन । उनको मन कतै बाहिरी संसारमा हुँदो हो ।

पसलेले एक गिलास दुध तिनी महिलाको हातमा थमायो । दुधलाइ हातमा लिएर बच्चालाइ खुवाउँन खोज्दा तिनी महिला रुन थालिन् । ठुलै स्वरमा । कसैको वास्था नगरि । बिना लाजले ।

त्यहाँ वरिपरिका सबै मान्छेहरु अचम्मित भए । म पनि । तिनी महिला रोएको देखेर । साहुनि दिदि र अरु मान्छे तिनी महिलाको नजिक गएर झ्याम्मिए । म पनि । साहुनि दिदिले सम्झाउँनु भयो । शान्त पार्न खोज्नु भयो । तर तिनी महिला पटक्कै शान्त भैनन् । निरन्तर रुइरहिन् । शान्त पार्दै फेरि दिदिले भन्नु भयो , ‘के भयो र ? किन रोएको ?’

तिनी महिलाको ओठबाट शब्द फुटिरहेका थिएनन् । मात्र आँसुको भेल बगिरहेको थियो । तिनी आँसुले अद्भुत पिडाका संकेत गरिरहेका थिए । उनि केहि बोलिनन् । निकै बेर सम्म । मात्र आँसु झारिरहिन् । ठुल्ठुला आँसुका ढिक्का पारि । उनि रोएको देख्दा मन नै न्यास्रो भयो । उनको आँसुले सबै भावुक बन्दै थिए ।

साहुनि दिदिले धेरै कर गरेर सोद्धा । उनले आफ्नो वृत्तान सुनाउँन थालिन् । यसरी पोखिन् उनले आफ्नो पिडा । मेरा घर रौतहट हो । म यहाँ घरबारी टोलमा बस्छु । आफ्नो श्रीमानसंग । मेरो श्रीमानको आफ्नै ग्यारेज छ । सुर्खेत रोडमा । हाम्रो विवाह भएको पाँच बर्ष जति भयो । हाम्रो प्रेम विवाह नै हो । घरको इच्छा विपरित । त्यसैले हाम्रो घरमा हाम्रो लागि कुने स्थान छैन । हामी घरको लागि मरितुल्य बराबर छौं । विवाह भए देखि अहिले सम्म माइति घर गएको छैन । न त सम्पर्क गरेको छु । माइतिले पनि वास्था गरेका छैनन् । न त ससुरालीले । हाम्रो प्रगाढ प्रेम थियो । राम्ररी जीवनयापन चलिरहेको थियो ।

उनि महिला बिच–बिचमा रोकिन्थिन् । उनीलाइ रोक्न उनका आँसु उनलाइ बाध्य पार्थिए । अचेल हाम्रो सम्वन्धमा दरार आएको छ । उसले मलाइ दिन रात पिटिरहन्छ । मेरा घर छोड् भनेर दबाब दिइरहन्छ । म के गरु ? म संग विकल्प पनि छैन । म यो दुई बर्षको अबोध बालकलाई लिएर कहाँ जाउ ?

त्यति भनेपछि तिनी महिला निकै बेर सम्म रोइरहिन् ।

“म तिनी महिलासंग एक शब्द पनि बोलिन । म मौन थिए । म भाव शुन्य थिए । म शब्द शुन्य थिए । म पिडा सुनिरहेको थिए । एक कमजोर महिलाको ।”

दिदिले फेरि शान्त पार्नु भयो । र, भन्नु भयो, ‘किन उसले तिमीलाई छोड् दे भनेको ?’ एकछिन शान्त रहिन् । त्यसपछि आफ्नो कथा निरन्तर गर्न थालिन् । भावुक मुद्रामा । उसले अचेल अर्को केटिलाई माया गर्छ । म संग सम्वन्ध विछेच्द गरेर उससंग विवाह गर्ने सपना बुनिरहेको छ । त्यति भनेपछि तिनी महिला आफ्नो बच्चालाई दुध खुवाउँन थालिन् । आमा रोएको देखेर बच्चा पनि रोइरहेको थियो । त्यहाँ छेउमा बसेर म पनि रोइरहेको थिए । भित्र–भित्रै । म तिनी महिलासंग एक शब्द पनि बोलिन । म मौन थिए । म भाव शुन्य थिए । म शब्द शुन्य थिए । म पिडा सुनिरहेको थिए । एक कमजोर महिलाको ।

तिनी महिलाले आफ्नो बच्चालाई दुध खुवाएको दृश्य अति नै सुन्दर लागिरहेको थियो । आमाले बच्चालाई कति माया गर्छन् । म त्यो हेरिरहेको थिए । केहिबेर सम्म बच्चालाई दुध खुवाइरहिन् । उनको आँखामा घरिघरि आँशु आइरहेका थिए । हामी सबै तिनी महिलालाई नियालेर हेरिरहेका थियौं । सबै भावुक नै थियौं ।

गिलासको दुध सक्यो । खालि गिलासलाई टेबलमा राखिन् । अनि फेरि आफ्नो पिडा ओकाल्न थालिन् । यो बच्चा नभएको भए, सायद मैले अहिले सम्म आत्माहत्या गरिसकेको हुन्थिए । प्रयास नगरेकि होइना । गरेकि हुँ । यसको अनुहारले मलाई कमजोर पारिदिन्छ । म त आफनो समस्याले भौतिकरुपमा टाढा हुन खोजिरहेकी छु । अबोध बालकको के दोष ? जसले संसार नै चिनेको छैन । मलाई के भयो भने ? यस्को के होला ? यस्को हेरचाह कसले गर्ला ? यसै कारण जीवित छु । नत्र बाच्नुको कुनै तुक छैन । यो धर्तिमा । उसले त यो बच्चाको माया पनि मारिसकेको छ । उसलाई त्यो केटिमा मात्रा संसार देखिन्छ । हामीलाई उसले भुल्न खोजिरहेको छ ।

तिनी महिला भावुक बन्दै थिइन् । ए भागवन तैले किन पृथ्वीको सिर्जना गरि ? त्यो मलाई थाहा छैन । तर आफ्नो सिर्जना भित्र किन महिलालाई कमजोर बनाइ ? जसलाई पुरुषले खेलाउन जस्तै व्यवहार गर्छन् । त्यसपछि उनि निकै बेर सम्म चुपचाप रहिन् । सुक्क–सुक्क गर्दै ।

“मनमा प्रश्नको ओइरो लाग्न थाल्यो । आखिर प्रेम भनेको के हो ? विवाह भनेको के हो ? महिलाको अर्थ के हो ? यिनी यावत प्रश्न लिएर म हिडिरहेको थिए । बाटोमा ।”

म संग त्यस्ता केहि शब्द पनि थिएनन् । जसको प्रयोग तिनी महिलालाई सम्झाउन सँकु । एउटा निर्जिव प्राणि झै उनको अगाडि उभिरहे । मन भित्र भने थुप्रै प्रश्नहरु थिए । म पुरुष भएको कारणले तिनी प्रश्नहरुको उत्तर दिन सकिरहेको थिइन । म आफु भित्र आफै निस्सासिएर बसिरहे ।

उनले त्यसपछि पनि आफ्ना कुरा बताइरहिन् । आफ्नो जीवनको बारेमा । उनको आँखाबाट अझै आँशु रित्तिएका थिएनन् । आँशुले विश्राम लिन मानिरहेका थिएनन् । निरन्तर नै थिए ।

केहिबेर पछि उनका आँशु रोकिए । त्यसपछि उनको अनुहारबाट पिडाका केहि भावहरु घट्दै थिए । सजिलोसंग छुट्याउन सकिन्थ्यो । मैले घडिमा हेरे । मेरो अफिस टाइम हुँदै थियो । त्यसपछि म चुपचाप त्यहाँ बाट बाहिर निस्किए । अफिस तिर । बाटोमा हिड्दा खेरि तिनी महिलालाई खुब सम्झे । मनमा प्रश्नको ओइरो लाग्न थाल्यो । आखिर प्रेम भनेको के हो ? विवाह भनेको के हो ? महिलाको अर्थ के हो ? यिनी यावत प्रश्न लिएर म हिडिरहेको थिए । बाटोमा । सरासर । अफिस तिर ।

लेखक:-सुरज भण्डारी  (लेखक सुरज भण्डारी अनेरास्ववियू क्रान्तिकारीका नेता हुन्)

Share on Social Media