/विश्वविद्यालयलाई एक अर्ब ८० करोड अमेरिकी डलर दान

विश्वविद्यालयलाई एक अर्ब ८० करोड अमेरिकी डलर दान

संयुक्त राज्य अमेरिकाको न्युयोर्क सहरमा पुर्वप्रमुख मेयर माईकल ब्लुमबर्गले आफुले पढेको जोन्स अप्किन्स विश्वविद्यालयलाई एक अर्ब ८० करोड अमेरिकी डलर दान दिएका छन् ।

विश्वविद्यालयमा अध्ययन गर्ने न्युन र मध्यम आय भएका विद्यार्थीका लागि वित्तीय सहायता उपलब्ध गाउन आफुले दान गरेको ब्लुमबर्गले बताएका छन् ।

बाल्टिमोरमा रहेको जोन्स हप्किन्स विश्वविद्यालयले अर्को सत्रदेखि उक्त रकम विद्यार्थीलाई उपलब्ध गराईने जनाएको छ ।

अमेरिकी इतिहासमा कुनै विश्वविद्यालयले प्राप्त गरेको यो नै सबैभन्दा ठुलो चन्दा रकम भएको समाचार एजेन्सी एपीले जनाएको खबरलाई आजको नागरिक दैनिकमा छ ।