काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको हत्या गर्ने योजना बनाएको आरोपमा भन्दै माओवादी नेताविरुद्ध मुद्दा दायर गरिएको छ ।

भारतको पुणे प्रहरीले स्थानीय एक अदालतमा भारतीय कम्युनिस्ट पार्टी (माओवादी)का पाँच नेतासहित १० जनाविरुद्ध मुद्दा दायर गरेको हो । पाँच हजार लामो आरोपपत्रमा गत जुन महिनामा गिरफ्तार गरिएका पाँच माओवादी नेताले मोदीको हत्या गर्ने योजना बनाएको बताइएको छ ।

प्रहरीका अनुसार उनीहरुमाथि हतियार जम्मा गरेर देशलाई गृहयुद्धको अवस्थामा लैजान खोजेको आरोपसमेत लगाइएको छ । प्रहरीले माओवादीको आरोपमा रोना विल्सन, सुरेन्द्र गडलिंग, शोभा सेन, सुधीर धवल र महेश राउतलाई गत जुनमा प्रहरीले पक्राउ गरेको थियो ।

थप पाँच माओवादी नेता–कार्यकर्तविरुद्ध पनि सोही आरोप लगाइएको छ ।