निर्मला पन्तका वुवा यज्ञराज पन्त अाफनी छाेरीकाे हत्यारा पत्ता लगाउन दवाव दिनकाे लागि अामरण अनशन वस्ने भएका छन।अाइतवार कञ्चनपुरमा पत्रकार सम्मेलन गरि उनले यस्ताे चेतावनी दिएका हुन।निर्मलाकाे हत्या भएकाे सय दिन नाघिसक्दा पनि हत्यारा पत्ता नलागेकाे भन्दै उनले अनशन वस्ने चेतावनी दिएका हुन।तिहारसम्म पनि हत्यारा पत्ता नलागे अनशन वस्ने उनकाे चेतावनी छ।