/डिस्चार्ज्ड प्रधानमन्त्री ओली बालुवाटारमा आराम गर्दै

डिस्चार्ज्ड प्रधानमन्त्री ओली बालुवाटारमा आराम गर्दै

Share on Social Media
काठमाडौं । शुक्रबार बेलुकी अस्पतालबाट डिस्चार्ज भएका प्रधानमन्त्री केपी शर्मा ओली  सरकारी निवास बालुवाटारमा आराम गरिरहेका छन् । उनको स्वास्थ्यलाई मध्यनजर गर्दै १/२ दिन  कुनै पनि औपचारिक कार्यक्रम नराखिएको सचिवालयले जनाएको छ । पाँच दिनको अस्पताल बसाइपछि प्रधानमन्त्री ओली  डिस्चार्ज भएका थिए ।

छातीको संक्रमण र शरीरमा सुगरको मात्रा बढेपछि प्रधानमन्त्री ओलीलाई गएको सोमबार विहान अस्पताल भर्ना गरिएको थियो । फेरि संक्रमण हुन सक्ने भन्दै चिकित्सकले सावधानी अपनाउन सुझाव दिएकाले प्रधानमन्त्री ओली १/२ दिन  बालुवाटारबाट बाहिर ननिस्किने उनको सचिवालयले जनाएको छ ।

Share on Social Media