/प्रचण्डले कांग्रेसको प्रशंशा गर्दै भने-कांग्रेस र कम्युनिष्ट नमिली सुखै छैन

प्रचण्डले कांग्रेसको प्रशंशा गर्दै भने-कांग्रेस र कम्युनिष्ट नमिली सुखै छैन

Share on Social Media

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले नेपालमा शान्ति प्रक्रिया कांग्रेस कम्युनिष्ट मिलेर ल्याएकाे भन्दै अब संघिय लाेकतान्त्रिक गणतन्त्र पनि मिलेर मात्र संस्थागत गर्न सकिने बताएका छन। नेपाली कांग्रेसले अायाेजना गरेकाे  हिजोको चियापानमा उनले निकै खुलेर यस चियापान र मेलमिलाप दिवसकाे प्रशंशा गरे।उनले भने-हामीले मिलेरै शान्ति प्रक्रियालाई एउटा टुंगोमा पुर्यायौं भलै समापन गर्न काम अझै बाँकी छ । हामीले मिलेरै संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान बनायौं । हामीले मिलेर नै निर्वाचन गर्याैं । अब पनि हामी मिलेर नै फेरि संविधानको मर्म भावना अनुसार जनताको चाहाना अनुसार विकास र समृद्धिको एउटा नयाँ यात्रातिर जानुछ ।अध्यक्ष प्रचण्डले राष्ट्रिय एकता नै अबकाे राष्ट्र विकासकाे मुल अाधार रहेकाे पनि बताए।उनले भने-राष्ट्रिय एकता र मेलमिलापको आवश्यकता हिजो जति थियो आज पनि त्यति नै छ । यो देशमा जतिपनि ठूला ठूला राजनीतिक परिवर्तनहरु भएका छन् राष्ट्रिय एकताका आधारमा मात्र भएका छन् ।राष्ट्रिय एकताको आधार मानिएकै कारण यो परिवर्तन सम्भव भयो यद्दपी परिवर्तन अझै राम्रो संस्थागत भईसकेको छैन ।त्यसकारण यी पर्वहरुका सन्दर्भमा र चियापान आदान प्रदानका सन्दर्भमा ठण्डा दिमागले सोचेर राष्ट्रिय एकताकै माहौल बनाउने र राष्ट्रिय संकल्पसहित समृद्धिको यात्रामा जान नेपाली काँग्रेसका नेता कार्यकर्ता, शुभेच्छुक र सम्पूर्ण जनसमुदायमा अपील गर्दै शुभकामना दिन चाहन्छु ।

Share on Social Media