/अनन्त केशव स्थापित मन्त्री पदबाट बर्खास्त ,खास कारण के थियो ?

अनन्त केशव स्थापित मन्त्री पदबाट बर्खास्त ,खास कारण के थियो ?

Share on Social Media
हेटौंडा । प्रदेश ३ का भौतिक योजना मन्त्री केशव स्थापित पदमुक्त भएका छन् । मुख्यमन्त्री डोरमणी पौडेलले मन्त्री स्थापितलाई शुक्रबार अपरान्ह बर्खास्त  निर्णय गरेको प्रदेश ३ का एक जना मन्त्रीले  अग्निज्वाला लाई  बताए । पाैडेलले प्रधानमन्त्री ओलीसँग बिहीबार र शुक्रबार दुईपटक भेटेर सहमति लिइ स्थापितलाई बर्खास्त गरेका हुन् ।स्थापित   बिकासबादी  नेता हुन ।

पौडेलका स्वकीय सचिव अनुप पौडेलका अनुसार स्थापित संविधानको धारा १६९ को उपाधार २ को खण्ड ख अनुसार स्थापितलाई बर्खास्त गरी उनको मन्त्रालयको जिम्मेवारी पनि मुख्यमन्त्री पौडेलले नै सम्हाल्नेछन् ।

बुधबार प्रदेश मन्त्रीपरिषद बैठकमा मुख्यमन्त्री पौडेल र मन्त्री स्थापितबीच भनाभन भएपछि उनलाई बर्खास्त गर्ने तयारी भएको थियो ।

मुख्यमन्त्रीसँग भनाभन भएपछि मन्त्री स्थापित हेटौंडाबाट लगत्तै काठमाडौं आएका थिए। मुख्यमन्त्री पौडेल पनि प्रधानमन्त्रीलाई भेटेर उनलाई बर्खास्त गर्ने योजनासहित बिहिबार नै काठमाडौं आएका थिए ।

मन्त्रिपरिषदको दोस्रो वरियतामा रहेका स्थापितमाथि जिम्मेवारी पूरा नगरेको र मुख्यमन्त्रीलाई पटक(पटक अपमान गरेको आरोप लाग्दै आएको थियो । बुधबारको मन्त्रिपरिषद बैठकमा पनि मु्ख्यमन्त्री पौडेलले भौतिक पूर्वाधार मन्त्रालयको निष्क्रियताका कारण प्रदेश सरकारले गति लिन नसकेको विचार व्यक्त गरेपछि स्थापितले अभद्र व्यवहार गरेका थिए ।

Share on Social Media