/पीपीएलः पारस खड्काको टिम चितवनको जित

पीपीएलः पारस खड्काको टिम चितवनको जित

Share on Social Media
काठमाडौं । जारी पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेट प्रतियोगितामा कप्तान पारस खड्काको टिम चितवन राइनोजले काठमाडौं रोयल्सलाई पराजित गरेको छ ।

पोखरा रंगशालामा आज भएको खेलमा चितवनले काठमाडौंलाई १३ रनले पराजित गरेको हो । १५० रनको चुनौति पछ्याउँदै ब्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १३६ रन मात्र बनाउन सक्यो ।

Share on Social Media