/माथिल्लो तामाकोशीको सेयर आजदेखि सर्वसाधारणको लागि खुला

माथिल्लो तामाकोशीको सेयर आजदेखि सर्वसाधारणको लागि खुला

Share on Social Media

माथिल्लो तामाकोशी हाईड्रोपावरको आईपीओ आजदेखी खुला भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरमा १ करोड ५८ लाख ८५ हजार कित्ता सर्वसाधारणको लागि निष्कासन तथा बिक्रि खुला गरेकोे हो ।

यो आइपीओमा सर्वसाधारणले न्यूनतम ५० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ । कम्पनीले कात्तिक १९ गतेसम्म भर्ने म्याद राखिएको छ । यस अवधिमा आवश्यक मात्रामा आवेदन नपरेमा भने मंसिर १४ गतेसम्म आवेदन दिन सकिन्छ ।

बिक्री प्रबन्धकको काम नागरिक लगानी कोष र सनराइज क्यापिटलले गर्ने भएका छन् । धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट पनि आवेदन दिन सकिनेछ ।

Share on Social Media