Latest News
/बाबुरामको नजरमा, प्रधानमन्त्री उखानटुक्कि , दम्भी र गफाडी कौशल नेता

बाबुरामको नजरमा, प्रधानमन्त्री उखानटुक्कि , दम्भी र गफाडी कौशल नेता

Share on Social Media

बाबुराम भट्टराईले  प्रधानमन्त्री केपी ओलीको स्वभाव गफाडी, अनुत्तरदायी एवं दम्भी देखिएको आरोप लगाएका छन ।

नयाँ शक्तिका संयोजक तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले संघीय बैठकमा बुधबार पार्टीको राजनीतिक प्रतिवेदन पेस गरेका छन्। उखानटुक्का भनेर जनतालाई भ्रममा पार्न सक्नु नै राजनीतिक कौशल हो भन्ने मनोवैज्ञानिक भ्रमबाट प्रधानमन्त्री ग्रस्त रहेको उनको भनाइ छ।

सरकार जनअपेक्षाअनुसार काम गर्न असफल भएको नयाँ शक्तिको निष्कर्ष छ। सरकार अर्कमण्यता, भ्रष्टाचार एवं यथास्थितिको दलदलमा फसेकाले आफ्नै पार्टीकै नेताकार्यकर्ताबाट आलोचना हुन थालेको उसको विश्लेषण छ। प्रधानमन्त्रीको कार्यशैली र सरकारका गतिविधिले सत्तारूढ नेकपा पनि अधपतनको दिशामा गएको पनि भट्टराईको विश्लेषण छ।

Share on Social Media

Leave a reply

Your email address will not be published. Required fields are marked *