/सरकारको निर्णयमा सर्वोच्चको ब्रेक

सरकारको निर्णयमा सर्वोच्चको ब्रेक

Share on Social Media

काठमाडौं । अदालतले गोरखापत्र संस्थानका महाप्रबन्धकबाट बसन्त प्रकास उपाध्यायलार्इ हटाउने सरकारको निर्णय कार्यान्वयन नगर्न आदेश दिएको छ ।

न्यायधीश इस्वर खतिवडाको एकल इजलासले उपाध्यायलाई हटाउन गत आइतबार सम्पन्न मन्त्रिपरिषद् बैठकले गरेको निर्णय कार्यान्वयन नगर्न आदेश दिएको हो । सरकारको उक्त निर्णयलाई चुनौति दिँदै उपाध्याय सर्वोच्च पुगेका थिए ।

यस अघि उपाध्यायलाई ओली सरकार गठन भए लगत्तै पनि हटाइएको थियो । सरकारको उक्त निर्णयलाई चुनौति दिँदै उपाध्याय सर्वोच्च पुगेका थिए ।

सर्वोच्चले गत असार २९ गते उनलाई पुनस्स्थापित गरेको थियो । त्यसपछि जिम्मेवारीमा फर्केका उपाध्यायलाई पुनः गत आईतबार हटाउने निर्णय गरिएको थियो ।

Share on Social Media