/सर्लाहीमा नेकपा र कांग्रेसका कार्यकर्ताबीच झडपः १ को मृत्यु, ४ घाइते

सर्लाहीमा नेकपा र कांग्रेसका कार्यकर्ताबीच झडपः १ को मृत्यु, ४ घाइते

Share on Social Media

सर्लाही । सर्लाहीको रामनगर गाउँपालिका – ४ मा मंगलबार बिहान नेकपाका कार्यकर्ता र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप हुँदा एक जानको ज्यान गएको छ ।

बिहान ७ वजे नेकपाका कार्यकर्ताले चलाएको गोली लागेर स्थानीय ६५ वर्षीय विलास महतोको ज्यान गएको सर्लाही क्षेत्र नम्बर ४ प्रदेश क बाट निर्वाचित सांसद विरेन्द्र सिंहले जानकारी दिए । गोली लागेर अन्य चार जना घाइते भएका छन् ।

घाइते लिन गएको एम्बुलेन्समासमेत उनीहरुले तोडफोड गरेकाले घाइतेलाई उपचारमा लैजान समस्या परेको उहाँले जानकारी दिए । सोमबार बिहान यही नगरपालिका वडा नम्बर ४ बाट निर्वाचित वाडा अध्यक्ष राम नरेश महतोलाई नेकपाका कार्यकर्ताले कुटपिट गरेपछि झगडा सुरु भएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले जानकारी दिए ।

Share on Social Media