प्रधानमन्त्री केपी अाेलीकाे स्वास्थय अवस्था सुधार भएकाे छ।हिजो भन्दा आज उनकाे अवस्थामा सुधार अाएकाे छ।आज  विहान चिकित्सकले दिएकाे जानकारी अनुसार उनकाे सुगरकाे मात्रा अझै सन्तुलन भएकाे छैन र छातीकाे संक्रमण कायमै छ तर पनि अवस्था सुधार भइरहेकाे छ।

प्रधानमन्त्री अाेलीले मंगलवार विहान हजाम मगाएर दारी पनि काटेका छन।उनले अस्पतालकाे वेडमै बसेर दारी कटाए।दारी काटेपछि टाउकाेमा अलिकति मालिस पनि गरिदेउ न त भनेर हजामलाइ भन्न पनि भ्याए।यहि भनाइ बाट पनि अाेलीकाे स्वास्थ्यमा क्रमिक सुधार अाएकाे मान्न सकिन्छ