/बीमा कम्पनीहरुले बिदेशमा पनि शाखा सञ्चालन गर्न पाउने

बीमा कम्पनीहरुले बिदेशमा पनि शाखा सञ्चालन गर्न पाउने

Share on Social Media

अब देखि बीमा कम्पनीहरुले बिदेशमा पनि शाखा सञ्चालन गर्न पाउँने भएका छन् । बीमा समितिले जारी गर्न लागेको शाखा स्थापना सम्बन्धि निर्देशिका २०७५ मा गरिएको व्यवस्था अनुसार कम्पनीहरुले बिदेशमा पनि शाखा सञ्चालन गर्न पाउँने भएका छन् ।

कम्पनीहरुले विदेशमा शाखा सञ्चालन गर्नको लागी भने बीमा समितिमा आवेदन दिनुपर्नेछ । त्यसैगरी सम्बन्धित मुलुकको ऐन अनुसार निर्धारित पूँजी समेत कायम गर्नुपर्ने निर्देशिकामा व्यवस्था गरिएको छ । निर्देशिका अनुसार बीमा समितिले तोकेको चुक्ता पूँजी कायम गरेको कुनै पनि कम्पनीले विदेशमा शाखा कार्यालय स्थापना गर्न सक्नेछन् ।

Share on Social Media