/मंसिर ८ गते खुलामञ्चबाट सार्वजनिक हुँदै विप्लव !

मंसिर ८ गते खुलामञ्चबाट सार्वजनिक हुँदै विप्लव !

Share on Social Media

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आगामी मंसिर ८ गते काठमाडौंमा जनसभा गर्दै छ । भूमिगत शैलीमा आफ्ना गतिविधि अघि बढाएको आरोप लागेको सो पार्टीले मंसिरमा खुलामञ्चमा जनसभा गर्न लागेको हो । सभामा १ लाख बढी जनतालाई सहभागी गराउने योजना बनाएको नेकपाले जनाएको छ ।

हाल विप्लव कहाँ छन् भन्ने जानकारी गराइएको छैन । केही दिनअघि नेकपाको चियापान कार्यक्रममा विप्लव बस्ने स्थान पत्ता नलागेपछि सार्वजनिक सूचना जारी गरी निम्तो पठाइएको थियो ।
आमसभाका लागि प्रचार–प्रसार कार्यक्रम अन्तर्गत पर्चा, पम्प्लेट वितरण, माइकिङलगायतका कामहरु भइरहेको नेकपा निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका महासचिव प्रकाश शाहीले बताए ।

Share on Social Media