/संघीयता नेपालीको एजेण्डा नभइ कसैले बोकाइदिएको एजेण्डा – चित्रबहादुर केसी

संघीयता नेपालीको एजेण्डा नभइ कसैले बोकाइदिएको एजेण्डा – चित्रबहादुर केसी

Share on Social Media
कांग्रेस एमालेले समेत संघीयता नचाएको तर बाध्यतामा परेर संघीयता स्वीकारेको भन्दै उनले संघीयता ठूला दलहरुको आफ्नो एजेण्डा नभइ कसैले बोकाइदिएको एजेण्डा भएको  केसीले बताए ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष समेत रहेका चित्रबहादुर केसीले आफ्नो पार्टीले संघीयताका विपक्षमा संसदमा संसोधन प्रस्ताव दर्ता गर्न लागेको बताएका छन् ।

नेपालमा संघीय प्रणाली अत्यन्तै खर्चिलो हुने र जनतालाई खर्चको भार मात्र बढाउन छलकपट पूर्ण तरिकाले संघीयता लागू गरिएकाले अहिले जनता स्वयमनै संघीयताको विपक्षमा रहेको जिकिर गर्दै केसीले संसोधन प्रस्ताव हाल्न लागेको बताए ।

एक अन्तरसंवाद कार्यक्रममा बोल्दै केसीले आफू संघीयता बिरोधी नभइ नेपालमा संघीय प्रणालीको मात्रै विरोधी भएको बताए ।

Share on Social Media