/संविधान संसोधनको माग संवोधन नगरे छठ लगतै सरकारलाई दिएको समर्थन फिर्ता लिने – राजपा

संविधान संसोधनको माग संवोधन नगरे छठ लगतै सरकारलाई दिएको समर्थन फिर्ता लिने – राजपा

काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालका नेता एवम् संसदिय सुनुवाई विशेष समितिका सभापति लक्ष्मणलाल कर्णले  सरकारले संविधान संसोधन हुनुपर्ने आफ्नो पार्टीको माग संवोधन नगरे छठ लगतै केपी अोली सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिएका छन ।

सोमबार अन्तरसंवाद कार्यक्रममा बोल्दै नेता कर्णले संविधान संसोधन गर्ने सहमति पश्चात मात्रै आफ्नो पार्टीले सरकारलाई समर्थन गरेको तर हाल सम्म पनि त्यस तर्फ सरकारले कुनै चासो नदेखाएकाले छठ लगतै पार्टीको बैठक बसेर सरकारलाई दिएको समर्थन फिर्ता दिने निर्णय गरिने बताएका हुन् ।

कर्णले प्रदेश नम्बर २ सरकारले प्रहरी ऐन ल्याएर देश टुक्राउन खोजको नभई संविधानको धारालाई नै टेकेर त्यसो गरिएको जिकिर गरे । उनले भने, “प्रदेश नम्बर २ सरकारले मात्र होइन यस्ता ऐन अव हरेक प्रदेशले ल्याउनु पर्छ” ।