हिजो कार्तिक १० गतेको चियापानमा अाफनै पार्टीका नेता कार्यकर्तालाइ नेकपाका कार्यकर्ताले रामधुलाइ गरेका छन।शनिवार भृकुटीमण्डपमा भएकाे चियापानमा नेकपा प्रति असन्तुष्टि पाेखिरहेका केही युवाहरूले चियापान वहिष्कारकाे नारा र पर्चा वाडेका थिए।
यसकाे नेतृत्व सिन्धुलीका युवराज सफलले गरेका थिए।तर,उनले पर्चा बाडेकाे सुइकाे पाउने वित्तिकै नेकपाका कार्यकर्ताले उनलाइ वेस्कन कुटेका छन।भृकुटीमण्डप एकैछिनमा रणभुमिमा परिणत भएकाे थियाे।चियापानस्थलमा यसरी कुटाकुट भएपछि यहा रहेका महिला र वच्चावच्ची भागेर पुतलीसडकसम्म पुगेका थिए।युवराज सफल पुर्वमाअाेवादी पाेलिटब्युराे सदस्य थिए।उनी देशभक्त संगठनबाट माअाेवादी पसेका हुन।तर माअाेवादी एमालेसंग मिलेपछि उनी पार्टीकाे याे कदमकाे विराेध गर्दै अाएका थिए।