/कम्युनिस्ट सरकार बनेकाे ८ महिनासम्म पनि चिन जाेडने काेदारी राजमार्ग किन खुलेन ?

कम्युनिस्ट सरकार बनेकाे ८ महिनासम्म पनि चिन जाेडने काेदारी राजमार्ग किन खुलेन ?

भुकम्पले क्षति पुरयाएकाे भन्दै चिनले बन्द गरेकाे नेपाल चिन जाेडने काेदारी राजमार्ग अझै खुलेकाे छैन।तत्कालिन प्रधानमन्त्री सुशील काेइरालाकै समयमा याे राजमार्गमा खास समस्या छैन भनेर उतिवेलाकाे नेकपा एमालेकाे भ्रातृ संगठन युथ फाेर्सले वाटाे खुलाउन काेइराला सरकारले पहल नगरेकाे अाराेप लगाएकाे थियाे।तर,काेइराला पछि अाेली नै ९ महिना सरकारमा बसे तर पनि वाटाे खुलेन।अझ उदेकलाग्दाे कुरा के छ भने उनै अाेली प्रचण्ड बहुमत सहितकाे सरकारकाे नेतृत्व गरेर यतिवेला सरकारमा छन र उनलाइ चिनिया समर्थन छ भनिन्छ तर वाटाे चाहि अझै सम्म खुलेकाे छैन।स्राेतका अनुसार,चिनले अाफनाे तर्फकाे वाटाे तयार पारेकाे छ तर नेपाल तर्फकाे वाटाे पनि खुला तर यसलाइ खुलाउनकाे लागि गर्नुपर्ने पहलकाे भने अभाव छ।यहि विचमा यातायात मन्त्री रघुवीर महासेठले पनि वाटाेकाे निरीरक्षण गरिसकेका छन तर वाटाे भने खुलेकाे छैन।अझ उदेकलाग्दाे कुरा के छ भने वाटाे कहिले खुल्छ भन्ने कुरा पनि कसैलाइ थाह पत्ताे छैन।