/प्रचण्ड भोली किन जाँदै छन् दिल्ली ?

प्रचण्ड भोली किन जाँदै छन् दिल्ली ?

Share on Social Media

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भोली भारतको राजधानी नयाँ दिल्ली जाने भएका छन् ।

इन्डिया फाउन्डेसनले आयोजना गरेको ‘इन्डिया आइडिया कन्क्लेभ–२०१८’ कार्यक्रममा भाग लिन अध्यक्ष प्रचण्ड दिल्ली जान लागेका हुन् ।

स्रोतका अनुसार प्रधानमन्त्री केपी ओली शर्मासँगको सल्लाह अनुसार शुक्रबार बिहान ८ बजे नयाँ दिल्ली गएर सोही दिन बेलुका फर्कने कार्यतालिका बताइएको छ ।उक्त कार्यक्रममा प्रचण्डले सम्बोधन गर्ने बताइएको छ । इन्डिया फाउन्डेसनका अध्यक्ष राम माधव रहेका छन् ।

यता, नेपाल कम्युनिस्ट पार्टीको निमन्त्रणामा भारतीय कम्युनिस्ट पार्टी (माक्र्सवादी) का महासचिव सीताराम यचुरी बिहीबार काठमाडौँ आउँदै छन् । यहाँ रहँदा उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता माधवकुमार नेपाल, महासचिव विष्णु पौडेल लगायतसँग भेट्ने बताइएको छ ।
साथै, पुष्पलाल स्मृति प्रतिष्ठानद्वारा आयोजित विचार गोष्ठीलाई समेत सम्बोधन गर्ने सो पार्टीले जनाएको छ

Share on Social Media