/आँखुखोलाको आईपिओ भोलि (बुधबार ) बाँडफाँड हुने

आँखुखोलाको आईपिओ भोलि (बुधबार ) बाँडफाँड हुने

Share on Social Media

आँखुखोला हाइड्रोपावर (AKHCL) को आईपिओ बुधबार भित्र बाँडफाँड हुने भएको छ। कम्पनीले असोज २३ गतेदेखि १३ लाख ७६ हजार २० कित्ता शेयर निष्काशन गरेको आईपिओ बुधबार भित्रै बाँडफाँड गर्ने शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटलले जनाएको हो ।

कम्पनीले निष्काशन गरेको साधारण शेयरमा ४.३१ गुणा बढी आवेदन परेको थियो । कम्पनीको आईपिओमा ८५ हजार ८८० आवेदनबाट ५९ लाख ३६ हजार कित्ता शेयरको लागि ५९ करोड ३६ लाख रुपैयाँ बराबरको आवेदन परेको बिक्री प्रबन्धक सिभिल क्यापिटलले जानकारी गराएको छ ।

यो आवेदनका आधारमा १० कित्ता पाउन पनि लक्की ड्रमा पर्नुपर्छ। सर्वसाधारण आवदेक मध्ये १ लाख २७ हजार ९६९ जनाले १० कित्ताको दरले शेयर प्राप्त गर्न सक्ने छन्।

आइपिओको लागि ८५ हजार ८८० जना आवदेकले ५९ करोड ३६ लाख रुपैयाँको लागि आवेदन परेको थियो। १३ लाख ७६ हजार कित्ता मध्ये ६८ हजार ८०१ कित्ता सामूहिक लगानी कोषले खरिद गरिसकेका छन् साथै कर्मचारीले २७ हजार ५२० कित्ता खरिद गरिसकेका छन्।

६० करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको आईपिओ निष्काशन पश्चात ८० करोड रुपैयाँ चुक्ता पूँजी पुग्नेछ ।

Share on Social Media