/प्रचण्डलाइ भेटेपछि रामवीर मानन्धर किन गायव ?

प्रचण्डलाइ भेटेपछि रामवीर मानन्धर किन गायव ?

Share on Social Media
काठमाण्डाैं क्षेत्र नम्वर ७ बाट निर्वाचित सांसद रामवीर मानन्धरले सांसद पद परित्याग गरेकाे घाेषणा गरेकाे २४ घण्टापछि अचानक गायव भएका छन।पदबाट राजीनामा दिएर यस स्थानमा बरिष्ठ नेता वामदेव गाैतमलाइ चुनावमा उठाउने दावी गरेका मानन्धर वुधवार अपरान्हबाट गायव भएका हुन।वुधवार दिउसाे अचानक उनलाइ नेकपाका अध्यक्ष प्रचण्डले मानन्धरलाइ खुमलटारमा भेटन बाेलाएका थिए।
दिउसाे २ बजे प्रचण्डलाइ भेटन गएका मानन्धर यसपछि गुपचुप छन र गायव पनि छन।उनी यसअघि सार्वजनिक रूपमा वाेल्दै पनि हिडेका थिए।तर प्रचण्डसंगकाे दस मिनेट लामाे भेटपछि उनी कसैकाे पनि सम्पर्कमा छैनन।स्राेतका अनुसार उनलाइ अहिले माैन वस्न निर्देशन दिइएकाे छ।
Share on Social Media