Latest News
/वामदेवका लागि ११ करोड खर्च गरि उपनिर्वाचन गराउँदै सरकार

वामदेवका लागि ११ करोड खर्च गरि उपनिर्वाचन गराउँदै सरकार

Share on Social Media
नेकपाले वामदेव गौतमलाई काठमाडौं क्षेत्र नम्बर ७ मा उम्मेदवार बनाएर उपनिर्वाचन गराउन खोज्दा राज्यको कम्तीमा ११ करोड  खर्च गराउने भएको छ ।

२०७४ सालको प्रतिनिधिसभाको निर्वाचनको खर्च हेर्ने हो भने एक निर्वाचन क्षेत्रमा चुनाव गराउँदा औसत न्युनतम ११ करोड रुपैयाँ खर्च भएको थियो । त्यही अनुपातमा अहिले उपनिर्वाचन भयो भने राज्यले कम्तीमा ११ करोडको खर्च व्यहोर्नु पर्नेछ ।

उनी नेकपाको एकतापछिका साझा प्रधानमन्त्री बन्ने लक्ष्यमा देखिन्छन् ।

यसै क्रममा काठमाडौं क्षेत्र नम्बर ७ का नेकपाका सांसद रामवीर मानन्धरले मंगलबार नै राजीनामा पत्र पार्टी कार्यालयमा बुझाइसकेको जनाएका छन् । विकासका लागि वामदेव नै आफ्नो क्षेत्रबाट उठ्नु पर्ने अभिव्यक्ति उनले पत्रकार सम्मेलन गरेरै दिए ।

उनले वामदेव बिना संसदमा नेकपा अधुरो रहेको समेत बताएका छन ।

Share on Social Media

Leave a reply

Your email address will not be published. Required fields are marked *