/सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको प्रति प्रचण्ड र माधव नेपाल सहमत

सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको प्रति प्रचण्ड र माधव नेपाल सहमत

Share on Social Media

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्कमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल बिच भेटवार्ता भएको छ ।विशेष गरि सरकारको विषयमा गम्भीर छलफल भएको थियोे ।पछिल्लो समय सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेकोप्रति दुबैै नेेेता सहमत भयका थिए ।

ललितपुरस्थित नेकपाका नेता कृष्णलाल महर्जनको निवासमा भएको भेटवार्तामा दुई नेताबीच पार्टीभित्रका समस्या, सरकारले गरेका कामलगायतका विषयमा छलफल भएको बताइएको छ ।

अध्यक्ष दाहालसँगको भेटवार्तामा वरिष्ठ नेता नेपालले पार्टी सञ्चालन पद्धतिमा सुधार गर्नुपर्ने अवस्था देखिएको औल्याएका थिए । 

उनले पार्टी एकीकरण प्रक्रिया अझै टुंगि नसकेको अवस्थामा सबै कार्यकर्ताको भावनालाई बुझेर मात्र नेतृत्वले निर्णय गर्नुपर्नेमा जथाभावी निर्णय हुन थालेको भन्दै असन्तुष्टि जनाएका थिए ।

वरिष्ठ नेता नेपालले पार्टीले पछिल्लो समयमा गरेका केही निर्णयप्रति असन्तुष्टि सार्वजनिक गर्न थालेपछि अध्यक्ष प्रचण्डकै पहलमा  भेटवार्ता भएको हो ।

 

Share on Social Media