/कसरतपछि वामदेव गौतमको सांसद बन्ने बाटो खुला, सांसद मानन्धरले काठमाडौं -७ छोड्ने

कसरतपछि वामदेव गौतमको सांसद बन्ने बाटो खुला, सांसद मानन्धरले काठमाडौं -७ छोड्ने

Share on Social Media

कसरतपछि अन्तत: वामदेव गौतमले सांसद बन्न पाउने भएका छन् ।

सत्ताधारी नेपाल कम्युनिष्ट पार्टीका नेता वामदेव गौतमलाई सांसद बनाउन अन्य प्रयास असफल भएपछि काठमाडौं क्षेत्र नम्बर ७ का सांसद रामवीर मानन्धरलाई राजीनामा गर्न लगाउने तयारी भएको छ ।

मानन्धरले पनि पार्टीको निर्णय आफूलाई मान्य हुने बताएका छन् । सत्ताधारी नेकपा स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले यसबारेमा मानन्धरसँग कुरा गरिसकेका छन् ।

गौतमलाई पहिले डोल्पाबाट चुनाव लडाउने तयारी गरिएको थियो । तर डोल्पाका स्थानीयले कुनै पनि हालतमा नमान्ने बताएपछि गौतम पछि हटेका थिए । तर त्यहाँका सांसद धनबहादुर बुढा भने गौतमको लागि सिट खाली गरिदिन तयार भएका थिए ।त्यसपछि उनलाई दैलेख, नवलपरासी, बाँकेलगायतका जिल्लाबाट चुनाव लडाउने तयारी गरिएको थियो ।

उच्च स्रोतका अनुसार मानन्धरले सिट खाली गरिदिन आफू तयार रहेको प्रधानमन्त्री ओलीलाई जानकारी गराइसकेका छन् । मानन्धरले राप्रपाका विक्रमबहादुर थापालाई पराजित गरेका थिए ।

गौतम यसअघिको चुनावमा बर्दियाबाट कांग्रेससँग पराजित भएका थिए ।

Share on Social Media