/निर्मलाको सुरुवाल धुने प्रहरी निलम्बनमा

निर्मलाको सुरुवाल धुने प्रहरी निलम्बनमा

Nirmala-Panta-Dead-Body-place

काठमाडौ । कञ्चनपुरकी १३ वर्षीया वालिका निर्मला पन्तको बलात्कार र हत्या प्रकरणमा थप २ जना प्रहरी निलम्बनमा परेका छन् ।घटनापछिको अनुसन्धानमा प्रमाण लोप गर्ने काममा सक्रिय रहेका भनिएका थप प्रहरीलाई नेपाल प्रहरीले निलम्बन गरेको छ ।

निलम्बनमा पर्नेमा प्रहरी नायव निरिक्षक हरिशरण धामी र प्रहरी जवान चादनी साउद रहेको नेपाल प्रहरीले जनाएको छ । यसअघि एसपी डिल्लीराज विष्टसहित पाँच जना प्रहरी निलम्बनमा परिसकेका छन् ।

चाँदनी तिनै ब्यक्ति हुन् जसले निर्मलाको शब भेटिएपछि निर्मलाको सुरुवाल पखालेर प्रमाण मेटाउन भुमिका खेलेकी थिईन् ।