/विजय लघुवित्त वित्तीय संस्थाले प्रस्ताव गर्यो १० प्रतिशत बोनस सेयर

विजय लघुवित्त वित्तीय संस्थाले प्रस्ताव गर्यो १० प्रतिशत बोनस सेयर

Share on Social Media

विजय लघुवित्त वित्तीय संस्थाले लाभांश दिने भएको छ । संस्थाले १० प्रतिशत बोनस सेयर दिने निर्णय गरेको छ । संस्थाको आइतबार बसेको सञ्चालक समितिको ९० औँ बैंठकले गत वर्षको नाफाबाट लगानीकर्तालाई १० प्रतिशत बोनस सेयर र कर प्रयोजनको  लागि ०.५२६ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

सञ्चालक समितिको यो निर्णय नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र वितरण हुने संस्थाले जनाएको छ । हाल यस कम्पनीको चुक्ता पुँजी १७ करोड ७१ लाख रुपैयाँ छ ।

Share on Social Media

थप समाचारका लागि अग्निज्वाला संवादाता >>स्वच्छ, निष्पक्ष र मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज विहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको विचार,भावना र कुरालाई पत्रकारिता मार्फत बाहिर ल्याउने यस अनिज्वाला डट कमको उदेश्य हो ।