/घरमा पुगेर दाबी भुक्तानी गर्दै एशियन लाईफ इन्स्योरेन्स

घरमा पुगेर दाबी भुक्तानी गर्दै एशियन लाईफ इन्स्योरेन्स

एसियन लाईफ इन्स्योरेन्स कम्पनीको दिपायल शाखाले डोटीमा घरमै गएर मृत्यू दाबी रकम बुझाउन थालेको छ ।
यसै क्रममा सो कम्पनीले शनिवार दिपायल सिलगढी नगरपालिका वडा नं. ५ स्थीत बागठाटा बस्ने लक्ष्मी भण्डारीको मृत्यूदाबी रकम उनका श्रीमान डिलबहादुर भण्डारीलाई बुझाएको छ । सो कम्पनीका दिपायल प्रमुख बिराज पण्डितले मृतकका श्रीमानलाई शनिवार २ लाख ८ हजार ६० रुपैयाँको चेक हस्तान्त्रण गरेका हुन् । गएको साउन १६ गते लक्ष्मी भण्डारीको मृत्यू भएको थियो ।

बीमा गर्ने ग्राहकको दुर्घटनमा परी मृत्यू भएमा बीमा भरिएको रकमको दोब्बर तथा काल गतिले मृत्यु भएमा बीमांक रकम र सो अबधीको व्याज दिने नियम भएकाले सोही अनुसार मृतकका श्रीमान्लाई दाबी रकम भुक्तानी गरिएको हो ।

हालकम्पनीले निम्नआय स्रोत भएका बर्गहरुलाई समेत बीमा जोखिममा समेट्ने उद्धेश्यले बार्षिक ३ सय ६० भुक्तानी गरि १ लाख ५० हजार रुपैयाँ बीमांकको म्यादी बीमा योजना सञ्चालन गरेको छ ।

थप समाचारका लागि अग्निज्वाला संवादाता >>स्वच्छ, निष्पक्ष र मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज विहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको विचार,भावना र कुरालाई पत्रकारिता मार्फत बाहिर ल्याउने यस अनिज्वाला डट कमको उदेश्य हो ।