/बिप्लप नेताको हिरासतमा रहँदाको अनुभूति , लागूपदार्थ कारोबारीबाट प्रहरीले कमिसन खाने गर्छ। – ओमप्रकाश पुन

बिप्लप नेताको हिरासतमा रहँदाको अनुभूति , लागूपदार्थ कारोबारीबाट प्रहरीले कमिसन खाने गर्छ। – ओमप्रकाश पुन

Share on Social Media

काठमाडौँ : क्रान्तिकारी पत्रकार सङ्गठन, नेपाल केन्द्रीय समितिले काठमाडौँमा शनिबार ‘मानवअधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता’ विषयक अन्तरक्रिया सम्पन्न गरेको छ । काठमाडौँको भद्रकाली प्लाजास्थित राष्ट्रिय महिला आयोगको भवनमा सम्पन्न कार्यक्रममा अधिकारकर्मी, राजनीतिक दल तथा नागरिक समाजका अगुवाले मानवअधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता राज्यले कुण्ठित गरेको बताएका छन् ।

त्यसै क्रममा बिप्लप नेता  पोलिटब्युरो सदस्य ओमप्रकाश पुनले आफू हिरासतमा रहँदाको अनुभूति राख्दै यो सरकारले आफूलाई सुत्दासम्म आँखामा कालोपट्टी लगाएको प्रस्ट पारे । उनले लागूपदार्थ कारोबारीबाट प्रहरीले कमिसन खाने गरेको आफूले हिरासतमा बस्दा थाहा पाएको स्पष्ट पारे । प्रहरी आफैँले राम्रो खान नपाएको आफूले थाहा पाएको उनले बताए । नेता पुनले कम्युनिस्ट नामको सरकारले साम्यवाद लागू गर्नुपार्ने ठाउँमा फासिवाद लागू गरेको बताए ।

कम्युनिस्ट नामको सरकारले जनतालाई न्याय दिनुको सट्टा झन् फासिवादी तरिकाले अघि बढेको भन्दै यसको भण्डाफोर गर्न अभियानले झन् राम्रो सन्देश दिएको अधिकारकर्मीले बताएका छन् ।कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगका सदस्य सु्दीप पाठकले देशमा सरकारबाटै मानव अधिकारको गम्भीर उल्लङ्घन भएको भन्दै त्यसका विरुद्ध आफू सधैँ लडिरहने बताए । उनले पछिल्लोपटक सरकारले वार्ता टोली गठन गरेको र वार्ताको वातावरण बनाउन देशभर गिरफ्तार गरिएका नेकपाका नेता–कार्यकर्ता रिहा गर्नुपर्ने, पटकपटकको गिरफ्तारी र धरपकड बन्द हुनपर्ने, देशभर नेकपाका नेता तथा समर्थकले स्वतन्त्रतापूर्वक देशभर विचार लिएर जान पाएमा वार्ता वातावरण बन्नसक्ने बताए । नेकपा वैज्ञानिक समाजवादको विषयमा वार्ता गर्न तयार रहेको उनको भनाइ थियो ।

 

 

 

Share on Social Media