/प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच वरिष्ठ नेता नेपालले व्यक्त गरेका असन्तुष्टिका गम्भीर छलफल

प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच वरिष्ठ नेता नेपालले व्यक्त गरेका असन्तुष्टिका गम्भीर छलफल

Share on Social Media
काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा छलफल भएको छ ।बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनालले व्यक्त गरेका असन्तुष्टिका बारेमा पनि छलफल भएको स्रोतले जानकारी दिएको छ।

दुबै अध्यक्ष देश बाहिर रहेको बेला पार्टी एकता र सरकारका विषयमा वरिष्ठ नेता माधवकुमार नेपालले दियको अभिव्यक्ति प्रती गम्भीर छलफल भएको अग्निज्वाला डट कम लाई स्रोतले जानकारी दिएको छ।

पार्टीका दुई अध्यक्षले पार्टी एकता प्रक्रियामा एकलौटी ढंगले निर्णय गरेको भन्दै नेकपा वरिष्ठ नेता माधवकुमार नेपाल तथा वरिष्ठ नेता झलनाथ खनाल असन्तुष्ट छन्।

नेता नेपालले गत असोज १२ गते स्थायी समितिका सदस्य भेला पार्दै पार्टी सचिवालयले गरेको प्रदेश कमिटीको नेतृत्व सिफारिस मान्य नहुने बताएका थिए। उनले तत्काल स्थायी समिति बैठक बोलाउन माग गरेका थिए।

Share on Social Media