/माधवजी २०२९ साल देखिको मित्र हो, याे सरकार पाँच वर्ष चल्छ : प्रधानमन्त्री अाेली

माधवजी २०२९ साल देखिको मित्र हो, याे सरकार पाँच वर्ष चल्छ : प्रधानमन्त्री अाेली

Share on Social Media
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई विकाशसिल राष्टमा स्तरोन्नति गराउन र दीगो विकासका लक्ष्य हासिल गर्नका लागि अन्तराष्टिकय समुदायलाई सहयोगको आह्वान गरेका छन्।

संयुक्त राष्टक संघको महासभामा सहभागी हुँदा विभिन्न देशका प्रमुखहरुसँग भएको सामुहिक र एक्ला एक्ला भेटमा यस विषयलाई आफूले गम्भिर रुपमा उठाएको प्रधानमन्त्री ओलीले बताए।

पत्रकारहरुले राखेको जिज्ञासको जवाफ दिंदै प्रधानमन्त्री ओलीले नेपाल कम्यूनिष्ट पार्टी भित्र कुनै विवाद नरहेको स्पष्ट पारे।  माधव नेपाल आफ्नो पुरो मित्र भएको भन्दै उनीसँगको सम्बन्धमा कुनै समस्या नभएको प्रधानमन्त्री ओलीले बताए।  ‘माधवजी मेरो २०२९ साल देखिको मित्र हो। अलि भावुक भएर उनले पुरानो गीतको सम्झना गर्नुभयो होला तर यो खास ठूलो विषय होइन ।’

सरकारले जारी गरेको बजेट लागु भएको दुई महिना मात्र वितेकोले अहिले नै यो भयो र भएन भन्ने अवस्था नभएको बताए। । ‘बजेटलाई पूर्ण कार्यन्वयन हुन दिनुहोस । सबै कुरा ठिक भएर जानेछन्,’ प्रधानमन्त्री ओलीले भने। उनले याे सरकार पाँच वर्षका लागि गठन भएकाे र यही सरकारले अागामी चुनाव गराउने बताए

Share on Social Media