/गृहमन्त्री थापा र प्रहरी प्रमुख खनालको राजीनामा माग

गृहमन्त्री थापा र प्रहरी प्रमुख खनालको राजीनामा माग

Share on Social Media

काठमाडाैं। बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तको निम्ति न्याय माग गर्दै आज सिंहदरबारको दक्षिण गेटमा अभियानका अभियन्ताहरुले प्रदर्शन गरेका छन् ।

स्वेच्छिक गिरफ्तारी गर्न आग्रह गर्दै निर्मलाका निम्ति न्यायको लागि उनीहरु सिंहदरबारको ढोका ढकढक्याउन पुगेका हुन् । ‘निर्मलाका निम्ति न्याय’का अभियन्ताले आज बिहान ११ बजे निषेधित क्षेत्र घोषणा गरिएको सो ठाउँमा प्रदर्शन गरेर धर्ना दिएका हुन् ।

 घटना भएको ७० दिन नाघिसक्दा पनि हत्यारा पत्ता नलागेको भन्दै प्रदर्शनकारीहरुले गृहमन्त्री रामबहादुर थापा र प्रहरी प्रमुख सर्वेन्द्र खनालको राजीनामा माग्दै  प्रदर्शनकारीले हामी न्याय चाहन्छौं, अपराधीलाई कारबाही गर, गृहमन्त्री जवाफ दे, आइजिपीलाई बिदा गर लगायतका नारा लगाएका थिए।

Share on Social Media