Latest News
/रोल्पामा विप्लव पुर्ब माओवादीको गतिविधिले प्रचण्ड पुर्ब माओवादी आतंकित

रोल्पामा विप्लव पुर्ब माओवादीको गतिविधिले प्रचण्ड पुर्ब माओवादी आतंकित

दश वर्षे जनयुद्धकाे थलाे भनेर चिनिने राेल्पामा अहिले फेरि नेत्र विक्रम चन्द विप्लव नेतृत्वकाे पार्टी को  गतिविधिले  पूर्व माअाेवादी केन्द्रका नेता कार्यकर्ताहरू अातंकित भएका छन्। 

यस जिल्लाभर प्रचण्ड पुर्ब माओवादीले सबै स्थानीय तहका जितेको छ। विगतमा सशस्त्र सङ्घर्षमा सँगै बन्दुक बोकेकाहरूबाटै सुरक्षा खतरा बढेको बताएका छन्।

त्यहाँ नेत्रविक्रम चन्द विप्लव नेतृत्वको पार्टीले चन्दा माग्ने, कुटपिट गर्ने र राजीनामा दिन दबाव दिने गरेको जनप्रतिनिधिहरूले गुनासो गरेका छन्। ती गतिविधि विगतको माओवादी विद्रोहको झल्को दिने खालका देखिन्छन्।

त्यहाँका जनप्रतिनिधिहरूका अनुसार विगतमा हतियार लिएरसँगै लडेकाहरूले नै निर्वाचित जनप्रतिनिधिलाई तारो बनाउदै चन्दा माग्नेदेखि लिएर पद छाड्ने सम्मका दबाव दिँदै आएका छन्।

यक जनप्रतिनिधि का अनुसार , “कथित अध्यक्ष भनेर लेखेको पत्र दिए, ‘कथित काटेर लैजाऊ’ भनेँ। अहिले उनीहरूले मलाई दबाब दिएका छन्। पहिले पनि युद्ध लडेको मान्छे म। मलाई नै कारबाही गर्ने भनेर हल्ला चलाइएको छ। सदरमुकाममा सुरक्षाका सबै निकाय छन्, तर गाउँमा छैनन्। उनीहरूले मान्छे कुट्ने काम गरिरहेका छन्, चन्दा मागिरहेका छन्।”

विगतको माओवादी विद्रोहकै झल्को दिने खालका यस्ता गतिविधिले जिल्ला सदरमुकाम लिवाङलाई अहिलेसम्म नछोए पनि गाउँमा भने एक प्रकारले सम्भावित त्रासको प्रतीक्षा गरेजस्तो अवस्था देखिएको छ।

Leave a reply

Your email address will not be published. Required fields are marked *

Share
Share