/नेपाल रेडक्रसको वार्षिक समीक्षा बैठक सम्पन्न,

नेपाल रेडक्रसको वार्षिक समीक्षा बैठक सम्पन्न,

Share on Social Media

नेपाल रेडक्रस सोसाइटीको काभ्रेको बुडोलमा मंग्लबार सम्पन्न तीन दिने वार्षिक समीक्षा बैठकले संस्थाको मानवीय सेवा गतिविधि, आर्थिक व्यवस्थापन र नियन्त्रण प्रणालीलाई थप सुधार गर्ने, सूचना व्यवस्थापनमा एकरुपता ल्याउने, तथ्याँक संरक्षण नीति लागु गर्ने र विपद् व्यवस्थापन लगायतका सान्दर्भिक नीतिमा परिमार्जन गनुपर्ने सिफारिसहरु गरेको छ । समीक्षा वैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरु तथा उच्च पदस्थ कर्मचारीहरुको सहभागिता रहेको थियो । समीक्षा बैठकको समापन कार्यक्रमलाई सम्बोधन गर्दै सोसाइटीका अध्यक्ष संजीव थापाले नेपाल रेडक्रसको समग्र सेवालाई समयानुकुल परिमार्जन र व्यवस्थित गदै समुदायमा विपद् प्रतिकार्य एवँ मानवीय सेवाका विविध पक्षहरुमा अझ प्रभावकारी तथा सहजताका साथ पुग्न सँस्थागत प्रयत्न गर्ने बारे जोड दिनुभयो ।

सुरक्षित र गुणस्तरीय रक्तसञ्चार र आपत्कालीन सेवा प्रदान गर्नका लागि साँगठनिक, प्रशासकीय र व्यवस्थापकीय क्षेत्रमा सुधारका ठोस गतिविधिहरु सुरु गरिसकिएको छ । समीक्षा बैठकमा महामन्त्री देवरत्न धाख्वा र विभागीय प्रमुखहरुले सोसाइटीद्वारा रणनीतिक लक्ष्यअनुरुप गत एक वर्षमा सञ्चालित कार्यक्रम र भूकम्प प्रतिकार्यलगायतका गतिविधिहरुको प्रगति, आगामी प्राथमिकता, सरकारको स्थानीय संरचना र आपसी सम्बन्धका बारेमा प्रस्तुतिकरण गर्नुका साथै सहभागीहरुबाट उठाइएका जिज्ञासाहरुलाई सम्बोधन गर्नुभएको नेपाल रेडक्रस सोसाइटीका सञ्चार निर्देशक दिव्यराज पौडेलले जानकारी दिनुभयो । सोही अवसरमा कोषाध्यक्ष देबेन्द्रबहादुर प्रधानले संस्थाको समग्र आर्थिक अवस्था र स्रोतका संभावनाहरुका विषयमा जानकारी गराउनुभयो ।

उहाँले नाफारहित संस्थाको रुपमा रहेको नेरेसोले स्थानीय निकायमा स्रोतको लागि पहल गर्नुपर्ने आवश्यकता औल्याउनुभयो । समीक्षा वैठक पश्चात बसेको नेरेसोको केन्द्रीय कार्यसमितिको २६७ औँे बैठकले समीक्षाले गरेका शिफारिसहरुलाई अपनत्व लिएको छ । मुलुकको सँघीयता अनुसार सँस्थाको सँरचना परिवर्तन गर्न नेरेसोको परिमार्जित विधानको व्यवस्था बमोजिम केन्द्रीय स्तरमा २ जना उपाध्यक्षहरुको व्यवस्थालाई कार्यान्वयन गर्न सहयोग गर्ने हेतुले हालसम्म पुरानो व्यवस्थाबमोजिम रहनुभएका दिनुभएको केन्द्रीय कार्यसमितिमा जानकारी गराइएको छ ।

राजिनामा पत्रका अनुसार नेरेसोको नयाँ विधानले केन्द्रमा दुइजना मात्र उपाध्यक्षको व्यवस्था गरेको हुँदा र विधान अनुरुप व्यवस्था गर्नुपर्ने हुँदा, हालसम्म यो पदमा रहि कार्य गर्ने अवसर प्रदान गर्नुहुने प्रति आभार व्यक्त गर्दै विधानको पूर्ण कार्यान्वयन गर्नका लागि उपाध्यक्ष पदबाट राजिनामा दिएका छौँ । तर केन्द्रीय कार्यसमितिको हैसियतबाट प्राप्त हुने जिम्मेवारी आगामी दिनमा समेत पूरा गर्न प्रतिवद्ध रहेको उहाँले बताउनुभयो । राजिनामा दिनुहुने उपाध्यक्षहरु अजित कुमार शर्मा र हरि निरौलाले कार्यक्रममा विधानलाई पूर्ण कार्यान्वयनमा सहयोग गर्न राजिनामा दिएकोे कार्यक्रम मार्फत बताउनुभयो ।

Share on Social Media

थप समाचारका लागि अग्निज्वाला संवादाता >>स्वच्छ, निष्पक्ष र मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज विहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको विचार,भावना र कुरालाई पत्रकारिता मार्फत बाहिर ल्याउने यस अनिज्वाला डट कमको उदेश्य हो ।