/शेयर बजारमा लगातार दोहोरो अंकले ओरालो लग्यो

शेयर बजारमा लगातार दोहोरो अंकले ओरालो लग्यो

Share on Social Media

बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १० दशमलव ७६ अंकले घटेर १ हजार २ सय ३० दशमलव ६० को बिन्दुमा कारोबार बन्द भएको छ । शरुमा स्थिर रहेको बजार कारोबार शुरु भएको दुई घण्टापछि निरन्तर ओरालो लागेको थियो ।

यस दिन कुल १ सय ७५ कम्पनीको १६ लाख ९० हजार ५ सय ११ कित्ता शेयर खरिदबिक्री हुँदा ३७ करोड ४० लाख ४९ हजार ८ सय ७५ रुपैयाँको कारोबार भएको छ ।

त्यस्तै ‘क’ वर्गका कम्पनीहरुको मापन सेन्सेटिभ परिसुचक भने २ दशमलव ३९ अंकले घटेर २ सय ६१ दशमलव ०६ अंकमा पुगेर बन्द भएको छ ।

यस दिन सबैभन्दा बढी कारोबार एनएमबी बैंक लिमिटेडको भएको छ । जसको आज २ करोड ६२ लाख ६७ हजार ९३६ रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यस्तै यस दिन सर्वाधिक कमाउनेमा नाडेप लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरु रहेका छन् । जसको शेयर मूल्यमा ९ दशमलव ९१ प्रतिशतले बढेको छ ।

यस दिन टेडिङ्ग समूह ४ दशमलव २२ अंकले र होटल समूह ५ दशमलव ५६ अंकले बढेका छन् भने बाकी सबै समूह घटेका छन् । सबैभन्दा बढी घट्नेमा निर्जीवन बीमा समूह ५१ दशमलव ३८ अंकले, जीवन बीमा समूह ३७ दशमलव ४५ अंकले, जलविद्युत समूह १५ दशमलव १६ अंकले, विकास बैंक समूह ११ दशमलव ५२ अंकले, बैंकिंग समूह १० दशमलव १२ अंकले, लघुवित्त समूह ९ दशमलव ७५ अंकल अन्य समूह ८ दशमलव ७५ अंकले, उत्पादक तथा प्रशोधन समूह ६ दशमलव ५२ अंकले र फाइनान्स समूह ३ दशमलव ३३ अंकले घटेको छ ।

Share on Social Media

थप समाचारका लागि अग्निज्वाला संवादाता >>स्वच्छ, निष्पक्ष र मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज विहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको विचार,भावना र कुरालाई पत्रकारिता मार्फत बाहिर ल्याउने यस अनिज्वाला डट कमको उदेश्य हो ।