चीनले यसरी मनायो ६९ औं चिनियाँ जनवादी गणतन्त्र स्थापना दिवस फोटो सहित

सिन्हवा न्युज एजेन्सीका अनुसार ‚

चीनले चीनमा ६९ वर्षअघि जनवादी गणतन्त्र स्थापना भएकाे अवसर पारेर भव्य वर्षगाठ मनाएकाे छ । सन् १९४९ मा माअेकाे नेतृत्वमा चीनमा नयाँ जनवादी क्रान्ति सम्पन्न भएकाे थियाे ।

राजधानी तियानमेन स्क्वायरमा साेमबार १ लाख ४५ हजार संख्यामा उपस्थित कार्यक्रममा चीनले भव्य रूपमा कार्यक्रम मनाएकाे छ । यस अवसर पारेर चिनियाँ सरकारकाे न्युज एजेन्सी सिन्हवा न्युज एजेन्सीले एउटा लामाे टिप्पणी लेखेकाे छ ।

चिनियाँ अर्थव्यवस्था विश्वकाे दाेस्राे तर सबैभन्दा तीव्र गतिमा विकास भएकाे व्यवस्था हाे । ६९ वर्षमा चीनले राजनीतिक, अार्थिक, सामाजिक, कृर्षि, उद्याेग र प्रविधि सबैमा ठूलाे प्रगति गरेकाे छ ।

चिनियाँ सरकारकाे न्युज एजेन्सीका अनुसार ६९ वर्षमा खासगरी ४० वर्षमा चीनले ७ सय मिलियन जनतालार्इ गरिबीबाट मुक्ति दिलाएकाे छ । चीनले खागरी सन् १९७८ देखि सन् २०१४ काे बीचमा गरिबी घटाएकाे बताएकाे छ ।

सन् २०१२ देखि २०१७ काे बीचमा चीनले ७० मिलियन ग्रामीण जनतालार्इ माथि उठाएकाे पनि चिनियाँ समाचार एजेन्सीले जनाएकाे छ । अर्थात् गरिबी दर १०.२ प्रतिशतबाट ३.१ प्रतिशतमा झारेकाे छ ।

यी माथिका उपलव्धि हासिल गर्नमा चिनियाँ कम्युनिस्ट पार्टीले मजबुत केन्द्रीय समिति निर्माण गर्न सकेर मात्र सफलता हात पारेकाे बताएकाे छ ।चीनले सन् २०२० सम्ममा एक महान् समृद्ध चिनियाँ समाज निर्माण गर्ने लक्ष्य रहेकाे बताएकाे छ ।

अाजकाे समृद्धि हासिल गर्नमा मुख्य यसकाे श्रेय चीनले सर्वप्रथम माअाेलार्इ दिन्छन् । दाेस्राेमा देङ स्याअाे पिङ र तेस्राेमा सि जिन पिङकाे हातमा रहेकाे चिनियाँहरूकाे दाबी छ ।

चीनले मनायो ६९ औं चिनियाँ जनवादी गणतन्त्र स्थापना दिवस

चीनले मनायो ६९ औं चिनियाँ जनवादी गणतन्त्र स्थापना दिवस

चीनले मनायो ६९ औं चिनियाँ जनवादी गणतन्त्र स्थापना दिवस

चीनले मनायो ६९ औं चिनियाँ जनवादी गणतन्त्र स्थापना दिवस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×