दशैँको समयमा पाँच दिनमात्रै बैंक बन्द हुने भएका छन् । दशैं विदा गत बर्षहरुको भन्दा तीन दिन थप कटौति गरिएको हो । जसअनुसार, अब घटस्थापना, द्वादशी र कोजाग्रत पूर्णिमामा सार्वजनिक विदा हुने छैन ।

दशैं विदा असोज ३० गते फूलपातिदेखि कात्तिक ३ गते एकादशीसम्म पाँच दिनमात्र हुनेछ । यी दिनहरुमा बैंक खुल्दैनन् । एकादशीको भोलीपल्ट कात्तिक ४ गते आइतबारदेखि नियमित रुपमा बैंकहरु खुल्नेछन् ।

त्यस्तैगरि, तिहारमा पनि कार्तिक २१ गते लक्ष्मी पुजा, २२ गते गोवर्धन पुजा र २३ गते भाइटीकाका दिन बैंकहरु विदा हुने राष्ट्र बैंकले जनाएको छ ।