/ओलीको दुई तिहाइ सरकार किन असफल ? नागरिकमाथि महँगीको भारी !

ओलीको दुई तिहाइ सरकार किन असफल ? नागरिकमाथि महँगीको भारी !

Share on Social Media
काठमाडाैं । समृद्धिको लक्ष्य र योजनासहित अगाडि बढेको दुई तिहाइ बहुमत प्राप्त सरकारप्रति जनस्तरबाट व्यापक रुपमा आलोचना शुरु भएको छ । महँगी घट्ने आशा गरेका नागरिकमाथि महँगी थोपरिएको छ । दशैंको मुखमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि गर्दै सार्वजनिक यातायातमा भाडा वृद्धि गरिएको छ ।
 सरकार मूलतः सात महिनाको अवधिमा नारा र भाषणमा मात्र बढी केन्द्रित भएको छ । नागरिकले सरकारको काम परिणाममा हेर्न चाहेका छन्, तर व्यवहारमा महसुस गर्ने गरी परिवर्तनको आभाष गर्न भने सकेका छैनन् ।

विगतमा राजनीतिक अस्थिरताका कारण काम गर्न नसकेको भन्दै पन्छिने चलन थियो, यस पटक पाँच वर्षको स्पष्ट म्यान्डेटसहित गठन भएको दुई तिहाइ बहुमत सरकारले पनि जनअपेक्षा अनुसार काम गर्न नसक्दा राजनीतिक अस्थिरता केवल बहानाबाजी मात्र भएको देखिएको छ । देशभर बलात्कारको घटना बढ्दो क्रममा रहेको छ ।

कञ्चपुर घटनाले सिंगो सरकारमाथि नै प्रश्नचिन्ह खडा भएको छ ।

सरकारका मन्त्रीहरु काममा भन्दा पनि भाषण र उद्घाटनमा बढी रमाउन थालेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली १२ दिने विदेश भ्रमणमा जानुभएपछि यता प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले मात्र होइन आफ्नै पार्टीभित्रबाटै चर्को आलोचना सुरु भएको छ ।

पार्टीका वरिष्ठ नेताद्वय माधवकुमार नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ, वामदेव गौतम प्रधानमन्त्रीसमेत रहनुभएका पार्टी अध्यक्ष ओलीसँग रुष्ट भएका छन् । प्रधानमन्त्री ओलीले सरकारको प्रतिरक्षा गर्न अरिङ्गालझै भएर लाग्न निर्देशन दिएको केही साता पनि बित्न नपाउँदै आफ्नै पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले संसद्देखि सडकसम्म सरकारविरुद्ध अरिङ्गालजस्तै खनिनु भएको छ ।अाजकाे नेपाल समाचारपत्र दैनिकमा याे खबर छ

Share on Social Media