/महिलाको सुन्दरतादेखि पाठेघरसम्म बिक्री हुनेगरेको छ – रामकुमारी झाँक्री

महिलाको सुन्दरतादेखि पाठेघरसम्म बिक्री हुनेगरेको छ – रामकुमारी झाँक्री

Share on Social Media

नेपाल अध्ययन केन्द्रले आयोजना गरेको ‘सामाजिक संरचना र लैगिंक हिंसा’ सम्बन्धी अन्तरक्रिया कार्यक्रममा सहभागीले , पुरुषलाई शक्तिशाली र शासक ठान्ने सामाजिक संरचनाले अहिले पनि लैगिंक हिंसाका घट्ना बढ्दै गएको  बताएका छन् ।

कार्यक्रममा बोल्दै सांसद रामकुमारी झाँक्रीले सबै पुरुष बलात्कारी र सबै महिला बलात्कारको सिकार नहुने बताइन् ।

भन्छिन्, ‘सामाजिक संरचना र वर्गीय हिसाबले महिलामाथि हिंसा भइरहेको छ । हुनेखाने वर्ग र तल्लो तह रहेको समाजमा गरिब घरपरिवारका महिला र बालिका जोखिममा रहेका छन् ।’

महिलाको सुन्दरतादेखि पाठेघरसम्म बिक्री हुनेगरेको भन्दै झाँक्रीले महिला माथि हुने हिंसा न्युनीकरण गर्न समाजमै गएर चेतनामुलक कार्यक्रम गर्न आवश्यक रहेको बताइन् ।

डाक्टर युवराज लुईंटेलले हिंसाका घटना पहिले र अहिले उत्तिकै भएको बताएका छन् । अहिले नागरिक शिक्षित हँुदा उजुरी गर्ने र प्रतिकार गर्ने भएकाले मात्रै घटना बाहिर आउँदा बढेजस्तै देखिएको बताए ।

उनी भन्छन्, ‘अहिलेको जस्तै पहिले पनि महिला र बालिका हिंसाको सिकार हुन्थे तर, यस्ता घटना समाजमै दबाईन्थ्यो । अहिले नागरिक शिक्षित भए, हिंसा सहनु हुँदैन भन्ने थाहा पाए र प्रतिकार गर्न लागे त्यसैले दिनहुँ घटना बाहिर आउन थाले ।’

Share on Social Media