/नेपाल र बामदेबको घेराबन्दीमा केपी ओलि

नेपाल र बामदेबको घेराबन्दीमा केपी ओलि

Share on Social Media
काठमाडाैं । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (ने क पा) भित्रको अान्तरिक विवाद छताछुल्ल हुन थालेको छ । अहिले अध्यक्ष केपी शर्मा ओलीलाई पूर्व एमालेकै नेताहरु माधवकुमार नेपाल र वामदेव गौतमले घेराबन्दी हालेका छन् । प्रधानमन्त्रीसमेत रहेका अध्यक्षद्धय ओली र पुष्पकमल दाहाल प्रचण्ड मुलुकबाहिर रहेको मौका छोपी बरिष्ठ नेता नेपालले शुक्रबार असन्तुष्ट पक्षको भेला बोलाए ।

उक्त भेलाले नेकपाभित्र ठूलो हलचल पैदा गरेको छ । अमेरिकामै रहेका अध्यक्ष ओलीले आफू दुई चार दिन देश बाहिर रहँदा मुलुक र पार्टी नै डुब्छ भनेर कसैले नठाने हुन्छ भन्दै माधव नेपालविरुद्ध कडा आक्रोश पोखेका थिए ।

ओलीले शक्ति सञ्चय गरेको आरोप लगाउँदै आएका नेता नेपालले अब आफू सहने पक्षमा नरहेको भन्दै आफू निकटसँग पार्टीभित्र संघर्ष गर्नको लागि तयार रहन निर्देशनसमेत दिईसकेका छन् ।

ओलीलाई पार्टीमा जुनसुकै हालतमा सिध्याउने अर्थात शक्तिबिहीन बनाउन माधव नेपाल यतिवेला दिनप्रतिदिन रणनीति बुन्न व्यस्त छन् । नेता नेपाललाई बामदेवको पनि दरिलो साथ रहेको नेकपा निकट स्रोतको दाबी छ ।

Share on Social Media