/हिट हुँदैछन् रोमानीका ६ आँखा!

हिट हुँदैछन् रोमानीका ६ आँखा!

Share on Social Media
सामाजिक सञ्जाल हामी सबैले प्रयोग गरेको वृहत सञ्जाल हो । यो सञ्जालमा रम्न रुचाउनेहरुका बेग्लाबेग्लै शोख हुन्छन् । कसैले आफ्ना पीडा पोख्न सामाजिक सञ्जाल प्रयोग गर्ने गरेका छन् भने धेरैले आफ्ना प्रतिभा, कला, रुचीका विषयहरु सार्वजनिक गर्ने गरेका छन् । 
साथीभाइसँग रमाइलो कुराकानी गर्न तथा मनोरञ्जनको लागि प्रयोग गर्ने पनि धेरै छन् । आफ्नो घुमघाम र चाहाका विषय सामाजिक सञ्जालमा प्रयोग गर्ने विषयवस्तु हुन् ।

हुन्त, सामाजिक सञ्जाल कतिका टाइम पास त कतिका लागि दैनिक कार्य पनि हुने गरेको छ । धेरैले सामाजिक सञ्जाल एउटा कूलत भनेर टिप्पणी गरिरहेका बेला धेरैलाई यो सञ्जाल बरदान पनि सावित भइरहेको छ । यसरी नै आफ्नो रुचीलाई सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत सार्वजनिक गर्दै अहिले विश्व चर्चित बन्दै गएकी छन् मेकअप आर्टिस्ट रोमानी जाडे टुलोच ।

उनी साधारण मेकअप आर्टिसट हुन् । आफ्नो रूचिको मेकअपका तस्वीर खिचेर राख्ने गर्थिन् । उनको यस प्रतिभालाई हजारौँले मनपराएका छन् । १९ वर्षिया रोमानी जाडे टुलोचले अहिले इन्स्टाग्राममा तहल्का नै मच्चाएका छन् ।

उनको यस प्रकारको प्रतिभाको निकै चर्चा भइरहेको छ । अहिलेको इन्टरनेट सेन्सेन बनेकी छिन् रोमानी जाडे टुलोच । उनको फलोअर १ लाख ६० हजार भइसकेका छन् । 

उनलाई इन्स्टाग्राम इन्फुअन्सर पनि मानिन्छ । उनको यसै ट्यालेन्टले नै उनलाई ‘प्रिन्स ट्रस्ट’ अवार्ड पनि दिएको थियो । उनको आफ्नो  सोसल मिडिया पेज ‘ब्लुअप’ मा ‘मेरो रूचि अब ‘फुल टाइम जब बनेको’ पोस्ट गरेकी छिन् ।   

Share on Social Media