/ओस्कारका लागि नेपालबाट ‘पञ्चायत’ सिफारिस

ओस्कारका लागि नेपालबाट ‘पञ्चायत’ सिफारिस


अस्कर अवार्ड २०१९ को लागि नेपालबाट विदेशी भाषी सिनेमाको विधामा ‘पञ्चायत’ छनोट भएको छ। सिनेमा ‘तान्द्रो’ र ‘माइ लभ प्रमिस फर काठमाण्डू’ मध्येबाट नेपालबाट पञ्चायत अस्करमा गएको हो।

पञ्चायतकालमा भएको महिला तथा बाल यौन मनोविज्ञानमा आधारित फिल्म पञ्चायतलाई शिवम अधिकारीले निर्देशन गरेका हुन्। फिल्ममा सरोज खनाल र नीता ढुंगानाको मुख्य भूमिका रहेका छन्। सिनेमाको कथावस्तु र सन्देश बलियो भएकाले अस्करमा पञ्चायत छनोट हुने विश्वास लिइएको छ।

जनवरी २२ मा एकेडेमी अफ आट्र्स एन्ड साइन्सेजले अस्कर मनोनयन सार्वजनिक गर्दैछ भने २४ फेब्रुअरीमा अवार्ड वितरण हुनेछ। पञ्चायतबाट नायिका निता ढुंगानाले थुप्रै अवार्ड जितिसकेकी छिन्।