/रोनाल्डोको गोलसँगै यूभेन्ट्सको शतप्रतिशत जित कायमै

रोनाल्डोको गोलसँगै यूभेन्ट्सको शतप्रतिशत जित कायमै

Share on Social Media


रोनाल्डो

रोनाल्डो

क्रिस्टियोनो रोनाल्डोले खेल सकिन नौ मिनेट बाँकी रहँदा सुरुवाती अग्रता दिलाएको खेलमा जित हात पार्दै यूभेन्ट्सले सिरी एमा आफ्नो अपराजित श्रृखंला लम्ब्याएको छ।

आइतबार राति भएको खेलमा यूभेन्ट्सले फ्लोसिनोनलाई २–० ले पराजित गरेको हो। ८१ औं मिनेटमा रोनाल्डोले आठ यार्डको दूरीबाट गरेको प्रहारले जाली चुमेपछि बार्सिलोनाले सुरुवाती अग्रता लिएको थियो।

Image result for juventus

यस्तै थपिएको समयमा फेडरिको बेर्नाडेस्कीले दोस्रो गोल गरेका थिए। जितसँगै पाँच खेलबाट यूभेन्ट्सको १५ अंक भएको छ। समान खेलबाट दोस्रो स्थानमा रहेको नापोलीको १२ अंक छ।

Share on Social Media